अर्घाखाँचीका नेताहरु स्थानीय तहको पुर्नसंरचना गर्दै

Image result for अर्घाखाँची
सन्धिखर्क लगायत । फाइल तस्बिर 
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची  । सरकारले नगरपालीका र गाउँ पालीकाको संख्यामा बृद्धि गरी नयाँ स्थानीय तह पुर्नसंरचना गर्न निर्देशन दिए सँगै अर्घाखाँचीमा पुर्नसंरचनाको कामले तिब्रता पाएको छ । 
आईतवार स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा सरोकारवाला हरुको बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले जिलाको जनसंख्या, भूगोल र सामाजिक अबस्था लाई ध्यानमा राखेर नगरपालीका र गाउँ पालीकाको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । अघिल्लो पटकको पुर्नसंरचनामा अर्घाखाँचीले देशमै पहिलो पटक सहमती कायम गर्न सफल भएको भन्दै सहभागी हरुले दलीय सहमती र एकताको आधारमा नगरपालीका र गाउँ पालीकाको निर्माण गर्नुपर्नेमा जोड दिए ।
स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षता र स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितीका सदस्य सचिव नेत्र प्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापती कमल प्रसाद भुसाल, सचिव छबिलाल पौडेल,नेकपा एमालेका नेता जनार्दन खनाल, नेकपा माओवादी केन्द्रका पोलीटव्यूरो सदस्य चन्द्र बहादुर खड्का उज्वल, जिल्ला संयोजक ठाकुर कुमार बि.क.किशोर, राप्रपा नेपालका नेता गणेश थापा,राप्रपाका अध्यक्ष देवि बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल प्रसाद पौडेल,सदस्य बुद्धिराम गैरे, नेकपा मालेका सचिव केदार बेल्वासे, नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतका बक्ताहरुले मन्तव्य राख्दै जिल्लाको चौतर्फी बिकासमा एकताको खाँचो औल्याए । उनीहरुले जिल्लामा कायम रहेको एकताको सन्देश गाउँ गाउँमा पुर्याउनु पर्नेमा जोड दिए । 
जिल्लाका जस्तो सुकै समस्या समाधानको निम्ति जिल्ला नेतृत्व सक्षम रहेको दावी गर्दै बक्ताहरुले सहमती र एकताको आधारमा नगरपालीका र गाउँ पालीकाको सिमाङ्गन र नामाङ्गन छिटै टुङ्गो लगउने बताए ।