काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला सन्धिखर्कमा, सविधान कार्यनयनका लागि सबै दलहरु एक हुनु पर्ने उल्लेख (भिडियो, तस्बिर सहित)

सुर्य भुसाल / प्रेम खड्का – भिडियो तस्बिर)
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्बमन्त्री डा. शेखर कोईरालाले सविधान कार्यनयनका लागि सबै दलहरु एक हुनु पर्ने बताउनु भएको छ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै काङ्ग्रेस केन्द्रीय सदस्य कोईरालाले मधेसको मुद्दा समधानका लागि सबै दलहरु एक भएर अगाडि बढनु पर्ने बताउनु भयो । उहाले लोकमान कार्कीलाई अहिले महाअभियोग लगाउदा एमाले र माअोबादीले काङ्ग्रेसलाई फसाउन खोजेको बताउदै महाअभियोग भन्दा अन्य बाटो लागेको भए उत्तम हुने  दावी गर्नु भयो।
कोईरालाले सविधान कार्यनयन गर्नका लागि २०७४ साल भित्र तिन तहको निर्वाचन हुनुपर्ने बताउदै निर्वाचनको तैयारीमा लाग्न कार्यकर्तालाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अानन्द ढुङगाना नेपाली काङ्ग्रेसका युबानेता सासद रन्जित कण पुर्ब केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल नेपाल बिधार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश राना नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकार बरिस्ठ पत्रकार शिव लम्साल प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्की पुर्ब केन्द्रीय सदस्य शिव देपकोटा प्रेस युनियनका नेता नकुल अर्याल नेबि संघका सहमहामन्त्री ललिता सुनुबार महिला संघका केन्द्रीय सदस्य अनिता ज्ञवाली, नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्बसभापति कमल प्रसाद भुसाल शिक्षक संघका पुर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली महासमिति सदस्य सुर्य प्रसाद अधिकारी, यादब घिमिरे, मिरा पान्डे, केशब श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम पार्टी सभापति विष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता छबिलाल पौडेलअको सन्चालन शान्ता भन्डारीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।