अर्घाखाँचीका तीन वटै निर्वाचनमा एमाले पहिलोः आचार्य ! सस्कृतिको जगेर्ना र सांगठनिक संरचनालाई बलियो बनाउन एमालेको द्यौसीँ भैलो

बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची कार्तिक ८ गते । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले आगामी तीन वटै निर्वाचनमा एमालेलाई पहिलो बनाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 
नेकपा एमाले सन्धिखर्क बिशेष नगर समन्वय कमिटि अर्घाखाँचीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी तीन वटै निर्वाचनमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने गरी लाग्न आग्रह गर्नुभयो । राष्ट्रिय राजनीतिको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष आचार्यले एमाले नेतृत्वको नौँ महिने सरकारले गरेको कार्य देखेर एमालेमा प्रवेश गर्नेको ओइरो लागेको बताउनुभयो । नेकपा एमाले सन्धिखर्क बिशेष नगरसमन्वय कमिटि सन्धिखर्कको आयोजनामा द्यौसीँ भैलो आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै आचार्यले द्यौसीँ भैलोलाई सस्कृतिको जगेर्नासँगै सांगठनिक संरचनालाई बलियो बनाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यकर्तालाई उच्च मनोवलका साथ लाग्न आग्रह गर्दै आवश्यक सहयोग गर्न जिल्ला कमिटि तयार रहेको जानकारी गराउनुभयो । 
कार्यक्रममा नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य रामजी प्रसाद घिमिरेले मोदी र देउवाको अबैध सम्बन्धबाट प्रचण्ड सरकार जन्मिएको भन्दै नेपालको हितमा सरकारका कुनै पनि कदम नहुने जिकिर गर्नुभएको छ । नेपालको असंलग्न परराष्ट्र नीति तथा आन्तरीक मामिलामा प्रचण्डकै कारण आन्तरिक समस्या दुबै देशको साझा मामिलाको रुपमा आउने गरेको भन्दै आपत्ती जनाउनुभयो । घिमिरेले नेपालको संबिधानको बारेमा बिदेशीले समर्थन गर्न पर्ने अन्यथा बोल्न नहुने उहाँले तर्क गर्नुभयो । 
नेकपा एमाले बिशेष नगर समन्वय कमिटि संयोजक युवराज श्रेष्ठले नगरकमिटिले द्यौसीँ भैलो आयोजना गर्ने भन्दै सहयोग गर्न जिल्ला कमिटि तथा सम्पूर्ण वडा कमिटिलाई आग्रह गर्नुभयो । श्रेष्ठले द्यौसीँ भैलोले कार्यकर्ताको बिचमा एकताबद्ध तथा सस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
नेकपा एमाले सन्धिखर्क बिशेष नगर समन्वय कमिटिले यस वर्ष द्यौसीँ भैलो आयोजना गर्ने भएको छ । दौसीभैलो आयोजना गर्नका लागि नेकपा एमाले बिशेष नगर समन्वय कमिटि सचिव श्रीकृष्ण भुसालको संयोजकत्वमा एक सय एक सदस्सिय द्यौसीँ भैलो मूल समारोह समिति गठन गरेको छ । जसमा पार्टी जिल्ला कमिटि सचिवालय सदस्यहर जर्नादन खनाल, शम्भु पोख्रेल, मोतिजंङ्ग रायमाझी, बिजुला रायमाझी, प्रेस चौतारी जिल्ला कमिटि अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’ जनसास्कृतिक महासंघका जिल्ला अध्यक्ष खगिश्वर केसी, बिष्णु बस्याल, डिल्ली भुसाल, लक्ष्मण पराजुली लगायतका रहनुभएको छ ।
नगरकमिटि संयोजक यवराज श्रेष्ठको अध्यक्षता, सचिव श्रीकृष्ण भुसालको सञ्चालन रहेको उक्त कार्यक्रममा पाटी जिल्ला कमिटि सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे, पार्टी स्कूल बिभाग सदस्य बुद्धि रायमाझी, लगायत पार्टीका नेताहरुको आथित्यता रहेको थियो ।