अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा साहित्यकार कमला प्रसाई निर्वाचित भएको प्रमाण जुटेको छ । निर्वाचक मण्डलमा बिश्वभरबाट ६३३ जना आजीवन सदस्य रहेका थिए । त्यसको पुष्टि अनेसासको आफ्नो वेव-साइटबाट समेत हुन्छ । निर्वाचन मण्डलका सदस्यको क्रमसंख्या १००१ बाट शुरु भई बीचमा एकजनाको स्थान खाली राखेर १६३४ सम्म क्रमिक रुपमा गएपछि अलि तल एकैपटक क्रमसंख्या १९०१ बाट १९६६  सम्म पुर्याइएको छ । क्रम भङ्ग गरिएको अर्थ नै निर्वाचनमा जवर्जस्ती धाँधली गर्ने सुनियोजित चाल भएको प्रष्ट हुन्छ । अध्यक्षका प्रत्याशी कमला प्रसाईलाई तपाईले पहिले यो कुरा उठाउनु भएन भन्दा यस विषयमा बार-बार पत्राचार गरेको प्रमाण समेत उपलव्ध भएको छ ।   
मौखिक रुपमा समेत प्रमुख निर्वाचन आयुक्त तीर्थ राज पाण्डेले कार्यसमिति र बोर्डका ट्रस्टीको शिफारिशमा राखिएकोले र उहाँहरु को हुन नचिनिएकोले समावेश गरिने छैन, ढुक्क हुनुहोस दिदी भनेको कुरा कमला प्रसाईबाट जानकारी प्राप्त भयो । साथै संगठनका ट्रस्टीका सभापति डा. श्याम कार्कीले समेत कमलाजी तपाई धेरै भोटले हार्नु हुन्छ, जित्न सक्दै सक्नुहुन्न, अहिले नै बरु सम्झौता गरेर कुनै स्थानमा बस्नुस् भन्ने कुरा गरेको जानकारी प्राप्त भएको छ । त्यसको अलावा बोर्ड ट्रस्टीका सभापति डा. कार्कीले ६६ मत भन्दा कमले हार्नु भयो भने अदालत जान सक्नु हुनेछ भन्ने जवाफ दिएको कुरा खुलस्त भएको छ । 
अनेसास अध्यक्षको निर्वाचनको निमित्त ६३३ जना मात्रको निर्वाचन मण्डल स्थापना भएको प्रमाण पनि उपलव्ध भएकोले कमला प्रसाई नै निर्वाचित भएको कुरामा संका गर्ने ठाऊँ रहन्न । 
अनेसासका केहि व्यक्ति र नेपालमा साहित्यसँग सरोकार राख्ने व्यक्तिहरुसँग सम्पर्क गर्दा नेपालीहरुले नैतिकता र सत्यता छोड्दै गएको देख्दा मुटु कुञ्जिएर आउँछ, मन रुन्छ भन्ने जवाफ पाईयो ।
केहि वरिष्ठ कलमकर्मीहरुले भन्नु भयो, “एउटी महिलाले नेपाली भाषा र साहित्यको निमित्त आफ्नो समय र परिश्रम दिएर सेवा गर्न साहस देखाउँदा सलाम गरेर हौसला दिनुको सट्टा उल्टै उनले पाएको अधिकार समेत हनन गर्ने व्यक्तिहरुले नेपाली भाषा साहित्यलाई हृदयदेखि कुनै हालतमा माया गरेका छैनन्। आफ्नो नीजि नाम र स्वार्थको निमित्त देखावटी अतिरञ्जना फैलाएका मात्र हुन्” । 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एउटा विशुद्ध साहित्यिक संस्था हो । यसका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीले पारिश्रमिक पाउँदैनन् तरपनि किन यति ठूलो समस्या यस संस्थाले झेल्नु पर्छ- यो रहस्यको विषय रहेन अब । संस्थाको नाममा स्वार्थ पुरा गर्न पाएका केहि व्यक्तिहरुको गुटका कारण अनेसास ठूलो संकटमा फसेको छ । यसबाट उम्कने हो भने गर्नु पर्ने कुराहरु: 
क. कमला प्रसाई निर्वाचित भएको तथ्य निर्विवाद भएकोले उनलाई यथाशिघ्र अनेसास अध्यक्ष भएको घोषणा गर्ने,
ख. हालका अध्यक्ष पदम किश्वकर्माले आफुले गर्न बाँकी भएको काम पुरा गर्न इच्छा राख्दछन् भने त्यस्तो कार्यसँग संवन्धित विशेष समिति स्थापना गरी अध्यक्ष बनाउने । उनी स्वत्त अध्यक्ष मण्डलको अध्यक्ष पनि बन्ने छन् । 
उपरोक्त कुरा गर्न गाह्रो हुन्छ भने गर्नु पर्ने कार्य:
क. निर्वाचन मण्डलबाट ६६ जनाको मत घटाउने ।
ख. निर्वाचन मण्डल र ६६ जनामा नाम दोहोरिएका सबै जनाको नाम मतगणना गर्दा स्वत्त रद्द गरिनु पर्ने । 
दुईपटक मत हाल्न दोहोर्याइएका नामहरुको क्रमसंख्या:
क. ११४३ र १९२६, ख. १२४० र १९२८, ग. १२४७ र १९२७, घ. १३३९ र १९१९, ङ. १४३६ र १९५६, च. १४७३ र १९६४, छ. १४८१ र १९३६, ज. १५४४ र १९०५, झ. १६०९ र १९४०, ञ. १६१६ र १९४१, ट. १६१८ र १९४२, ठ. १९१७ र १९५४ ।
१२ जनाको नाम दोहोर्याएर कमसे कम अर्को २० मत संस्थापन पक्ष अर्थात पदम विश्वकर्मालाई थपेको देखिन्छ ।
अनेसासकै आजीवन सदस्य तथा अमेरिकामा धेरै वर्षदेखि कानूनी पेशामा लागेका एक अधिवक्तालाई सोद्धा नाम नबताउने शर्तमा उनले भने यो निर्वाचनमा सोझै भन्दा कमला प्रसाईले जितेकै हो । गुटवन्दी गरेर एकदम लाजमर्दो कार्य गरिदा समेत उनले जितेको देखिन्छ, मुद्दामामिलाको विषय बनाउनु भन्दा उनलाई अध्यक्ष बनाउँदा समाजमा स्थापित भएका व्यक्तिहरु बदनाम हुनबाट उम्कने मौका पाउँछन्। यो पून मतगणना गर्ने विषय नै होईन । यसले परिचित व्यक्तिहरुलाई झनै बदनाम गराउँछ । जित कमला प्रसाईकै भएको हो, संस्थाको गरिमा र साहित्यमा लागेकाहरुको मर्यादा स्थापित गर्न पनि कमला प्रसाई अध्यक्ष भएको घोषणा गर्नु सबै भन्दा उपयुक्त निकास हो । मुद्दामामिला अघि बढ्यो भने संस्थाको भविष्य राम्रो छैन । अधिवक्ताले अझ थप्दै भने, “महा-भारतमा पाण्डवहरुलाई पाँच गाऊँ नदिंदा कौरवहरुले सम्पुर्ण राज्य र आफ्नो जीवन समेत गुमाउनु परेको हामी सबैलाई थाह भएकै विषय हो । प्रतिष्ठाको विषय नबनाएर कमला प्रसाईलाई अध्यक्ष घोषणा गर्दा सबै मामिला एकै पटक समाप्त भईहाल्छ नि “।