अर्घाखाँची हेवी इक्विपमेन्ट व्यवसायी संघको साधरण सभा तथा अधिबेशन सन्धिखर्कमा सम्पन्न
कार्तिक १० गते, २०७३ मा प्रकाशित
सुर्य भुसाल, दिपक कार्की
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । हेवी इक्विपमेन्ट व्यवसायी संघ अर्घाखाँचीको दोस्रो साधरण सभा तथा पहिलो अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष तारा बहादुर कुवरको प्रमुख अतिथ्यता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको वरिष्ठअतिथ्यतामा भएको साधरण सभामा स्थानिय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम सबुज गणका गणपति लक्ष्मिभक्त श्रेष्ठ, प्रहरी निरिक्षक सुजनराज भन्डारी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका सचिब रामबहादुर चौहान, नेकपा माअोबादी केन्द्रका सयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल, बिप्लप माअोबादीका गोबिन्द खनाल, सहायक प्रजिअ नारायण खत्री, उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषि राम अधिकारी, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि, होटल ब्यवसायी नोलराज भन्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, निर्माण ब्यबसायी कबि खनाल, देउराली यातायातका महासचिब प्रेम पान्डे, पत्रकार सहयोगी बिसी लगायतले इक्विपमेन्ट व्यवसायीले जनमुखि काम गरेको बताउनु भएको थियोे ।
कार्यक्रम अर्घाखाँची हेवी इक्विपमेन्टका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बसन्त राज भुसालको अध्यक्षता महासचिब असोक खनालको सन्चालन कबि खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
त्यस्तै अर्घाखाँची हेवी इक्विपमेन्ट व्यवसायी संघ अर्घाखाँचीको भेलाले बसन्त भुसालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। जसको वरिष्ठउपाध्यक्षमा काजी श्रेष्ठ, उपाध्यक्षमा कबि खनाल भेषबहादुर बिसी, महासचिबमा असोक खनाल, सचिबमा खिम प्रसाद श्रेष्ठ र सदस्यमा योगेन्द्र खड्का, बिष्णु बन्जाडे, दिपक आचार्य, श्याम खनाल, बसन्त जिसी, प्रेम पौडेल, मोहन सिंह ठकुरीलाई चयन गरेको छ।