सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अखिल छैठौ अर्घाखाँचीको तेस्रो पुर्ण बैठक आज सन्धिखर्कमा संपन्न भएको छ ।
अखिल छैठौका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष विष्णु के.सीको स्वागत मन्तव्य र सचिव अनिल खनालको संचालनमा संपन्न भएको बैठकले जनवादी सँस्कृतिको प्रचार र संगठनलाई मजवुद बनाउने उदेश्यले दिपावलीको अवसरमा प्रगतिशिल देउसीभैलो कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले संगठनलाई क्रियाशिल बनाउन जिल्लालाई ५ क्षेत्रमा विभाजन गरी सांगठनिक कार्य विभाजन गरेको छ । साथै बैठकले जिल्लामा लागुऔषध दुव्र्यसनी बिरुद्ध सचेतना अभियान संचालन गर्ने, शैक्षिक क्षेत्रमा देखिएका समस्याको बारेमा एकल वा संयुक्त विद्यार्थीले उठाएका मागहरु सम्बोधन नभएमा तिहार पछि आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले भर्खरै सकिएको २३ औं जिल्ला २० औं राष्ट्रिय सम्मेलनको समिक्षा गर्दै सम्मेलन सभ्य र भव्य रुपमा सफल भएको निष्र्कष निकालेको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।