सन्धिखर्क नगरपालिकाद्वारा टोल सुधार समितिहरुलाई फोहोर मैला ब्यबस्थापन सामाग्री बितरण

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका अर्घाखाँचीले नगरपालिका भित्रका बिभिन्न टोल सुधार समितिहरुलाई फोहोर मैला ब्यबस्थापन सामाग्री एक कार्यक्रमका बिच बितरण गरेको छ। 
टोलहरुलाई हराभरा बनाउदै सुन्दर नगरी सन्धिखर्कलाई बनाउने उदेश्य अनुरुप यस्तो खालको सामाग्री बितरण गरिएको नगरपालिकाका सबईन्जिनियर नारायण पोख्रेलले जानकारी गराउनु भयो । नगरपालिका भित्र ८९ वटा टोलसुधार समिति रहेको र सबै टोलका अध्यक्ष तथा प्रतिनिधि मार्फत अाफुहरुले फोहोर मैला ब्यबस्थापन सम्बन्धि सामान बितरण गरेको नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले जानकारी दिनु भयो ।
नगरपालिका बनेपछि सन्धिखर्कमा बिकासले फड्को मारेको स्थानीय बिष्णु ढुङगानाको भनाइ छ । अहिले सन्धिखर्क नगरभित्र भएको बिकासलाई देखेर अन्य गाबिसहरुले समेत नगरपालिकामा जान बढि ईश्चा देखाएको कारण स्थानीय निकाय पुनसर्ंरचना गर्दा समेत जिल्लामा अहिले दलहरुले नगरपालिका थप गर्ने र धेरै गाबिसलाई समेत नगरपालिका बनाउने गृहकार्यमा जिल्लाका दलहरुले अान्तरिक तैयारी गरेको बुझिएको छ । 
नगरपालिकाले अहिला सडक कालोपत्रे गर्ने बाटोघाटो निर्माण गर्ने फोहोर मैला ब्यबस्थापन गर्ने खानेपानी सिचाइ बिधुत सोलार बत्ति जडान गर्ने जस्ता कार्यलाई तिब्र गतिमा अगाडि बढाएको स्थानीय समाजसेवी कबि खनालले बताउनु भयो । नगरपालिकाले बिहिबार टोलसुधार समितिका पदाधिकारीहरु सँग छलफल गरेको छ । छलफल कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीको अध्यक्षता सबईन्जिनियर नारायण पोख्रेलको सन्चालनमा भएको कार्यक्रममा नगरपालिकाका सिता बिसी, प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल टोल सुधार समितिको तर्फबाट ज्ञान बहादुर बिक मुनाल महत कबि खनाल, बिष्णु ढुङगाना, प्रकाश भुसाल, बलबहादुर बिसी, कृष्ण प्रसाद भुसाल, बिष्णु प्रसाद भुसाल, सिता भुसाल, दुर्गा प्रसाद पौडेल, टेक बहादुर थापा, मेनुका पौडेल, कृष्ण आचार्य, ठाकुर श्रेष्ठ लगायतले नगरपालिकालाई थप ब्यबस्थापन गर्ने सरसफाइ गर्ने बाटोलाई ब्यवस्थापन गर्ने लगायतका बिषयमा सुझाबमुलक भनाइ राखेका थिए।