प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १४, डिभर्ना स्थित धारामाथी गाउँमा खाना बनाउने क्रममा कुक्कर पड्किदा दुई जना घाइते भएका छन् ।
बिहीवार बिहान ७ बजे बिक्रम बस्यालको घरमा कुक्कर पड्किदा उनकी श्रीमती श्रीजना बस्याल र ७ महिनाको छोरा आयुस बस्याल घाइते भएका हुन् ।
घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।