अर्घाखाँचीमा तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाईने (विज्ञप्ती सहित )

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल । तस्बिर: सुर्य भुसाल  अर्घाखाँचीडट्कम
सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन अर्घाखाँचीले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने जनाएको छ । 
कार्यालयले  निकालेको विज्ञप्तीमा भनेको छ, नेपालीहरुको महान चाड तिहार, २०७३ को अवसरमा देउसी तथा भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाच्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पु-याउन सक्ने हुदा देउसी तथा भैलो लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दा मर्यादित एवं शान्तिपुर्ण तवरले राति १०ः०० बजे सम्म मात्र गर्नु अनुरोध गरिन्छ ।
कार्यालयले तिहार र छठ जस्ता पर्वहरुमा भुइचम्पा र पटका जस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधरण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने, चोटपटक लागि अङ्गभङ्ग हुने तथा आगलागी भई जनधनको क्षति हुन सक्ने भएकोले तिहार तथा छठपर्वहरुको अवसरमा त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, आयात, निर्यात, विक्रि वितरण, ओसारपसार तथा प्रयोग नगर्न र आ-आफ्ना बालबच्चाहरुलाई भुइचम्पा, पटका जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग गर्न नदिन र कसैले आयात निर्यात तथा विक्रि वितरण गरेको सुचना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा खबर गरिदिन अर्घाखाँची सम्पुर्ण जिल्लावासीहरुलाई अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख छ ।
साथै माथि उल्लेखित कुराहरुको उल्लघंन भए गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
 
Image result for जिल्ला प्रशासन अर्घाखाँची
जिल्ला प्रशासन अर्घाखाँची / फाइल