सार्वजनिक उ.मा.वि. छत्रगञ्ज अर्घाखाँचीलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण

छत्रगञ्ज । श्याम घिमिरे

श्याम घिमिरे 
छत्रगञ्ज, अर्घाखाँची । अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानको आयोजनामा  सार्वजनिक उ.मा.वि. छत्रगञ्ज अर्घाखाँचीलाई एक कार्यक्रमको आयोजना गरी  शैक्षिक सामाग्रीको हस्तान्तरण गरीएको छ । 
हस्तान्तरण कार्यक्रममा  प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका विद्यालय निरिक्षक नारायण पोख्रेलले समय परिस्थिति र आवश्यकता अनुसार आफुमा परिमार्जित र रुपान्तरित हुनुपर्नेमा जोड दिनु भएको थियो । पोख्रेलले  जहाँ शिक्षाको अभाव हुन्छ त्यहाँ अन्धकार छाउछ भन्दै त्यसलाई पन्छाएर अगाडी बढ्न सबैलाई आग्रह गर्नु भएको थियो ।  
कार्यक्रमलाई बिशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले यस प्रकारको सहयोगले प्रविधिको क्षेत्रमा ठुलो सहयोग हुने भन्दै अभियान्ताहरुलाई धन्यावाद समेत प्रकट गर्नु भएको थियो । 
कर्यक्रममा अनुसन्धान अधिकृत देबेन्द्र खतिवडा,अभियान्ता राजु खड्का, बिद्यालयका प्राचार्य जीवन कुमार श्रेष्ठ अभियान्ता सुर्य थापा, बाबुराम ज्ञवाली, रेडियो अर्घाखाँचीका स्टेशनम्यानेजर श्याम घिमिरे, पत्रकार सहयोगि वि.सि., नविन केसि., बसन्त श्रेष्ठ, अभियान्ता दिपक खनाल, लगाएतले कार्यक्रम सफलताको शुभ-कामना दिदै यस प्रकारको सहयोगले शिक्षाको क्षेत्रमा प्रविधिमा नयाँ आयाम थपिएको भन्दै संस्थाको प्रसंशा समेत गरेका थिए । 
सोही समारोहमा संस्थाको तर्फबाट ५ वटा कम्प्यूटर सेट, प्रिन्टर १ थान, यु.पि.एस. १ थान, र प्रोजेक्टर १ थान, सोहि विद्यालयलाई प्रदान समेत गरिएको थियो । यस अघि संस्थाले  जिल्लाका करीब एक दर्जनजति बिद्यालयहरुलाई यस प्रकारको सहयोग गरीसकेको  थियो ।
कार्यक्रम मोहन रानाभाटको अध्यक्षता, लक्ष्मण प्रसाद पन्थिको स्वागत मन्तब्य र हरी प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो ।