सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित वाङलाका दुई बिधालयमा अक्षयकोष स्थापना गरिएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ तिप्लेथुम निबासी देबि प्रसाद खनाल कि छोरी शारदा खनालले वाङलाका दुई बिधालयमा अाफ्ना बुवा अामाको सम्मानमा बिधालयलाई अक्षयकोष स्थापनाका लागि १ लाख २५ हजार रुपैयाँको अक्षयकोष निर्माणका लागि रकम एक कार्यक्रमका बिच प्रदान गर्नु भएको हो ।
वाङलामा रहेको जिबनउद्दार उच्च माबिलाई १ लाख रुपैया गरिब जेहेन्दार बिधार्थिहरुलाई छात्रवृत्ति दिनका लागि अक्षयकोष स्थापना गरेको र वाङलाकै मथुरा निमाबिमा देबि टिका नामक २५ हजारको अक्षयकोष स्थापना गरेको शारदा खनालले जानकारी दिनु भयो ।
त्रिभुवन बिश्बबिधालय पाल्पा कि प्रध्यापक समेत रहेकी खनालले बिधालयका प्रअहरुलाई सो रकम हस्तान्तरण गर्नु भएको थियोे ।