अर्घाखाँचीबाट तरुणदलको महाधिबेशनमा ४ जना भिड्दै, प्रचारप्रसार तिब्र

बाँयाबाट क्रमश:  सरिता महत, जम्सेर मिया, पिताम्बर खनाल, कपिल पोख्रेल र केशब श्रेष्ठ । 

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल तरुणदलको चौथो महाधिबेशनमा नेताहरु देश दौडाहामा लागेका छन् ।
पोखरामा कात्तिक २७/२८/२९ गते हुने चौथो महाधिबेशन भब्य रुपमा सम्पन्न गर्नका लागि तरुण दलका नेताहरु लागि परेका छन। तरुदलका नेताहरु अहिले प्रतिनिधि भेटघाट कार्यकर्ता भेटघाटमा नेताहरु देश दौडाहामा छन। नेपाल तरुणदलको महाधिबेशनमा अर्घाखाँचीबाट चार जना केन्द्रीय नेतामा भिड्ने भएका छन । 
अर्घाखाँचीबाट नेपाल तरुण दलका पुर्व अध्यक्ष युवा नेता पिताम्बर खनाल यसपालि केन्द्रीय सदस्यमा उमेदबारी दिने तैयारी स्वरुप देस दौडाहामा प्रचारप्रसार गर्दै हिडेका छन । उनि अर्घाखाँची काङ्ग्रेस भित्र र नेपाल तरुणदल केन्द्रमा समेत प्रभाब भएका प्रभाब जमाएका नेता हुन । उनि  बिगत २० बर्ष देखि तरुणदलमा सक्रिय नेता हुन ।
त्यस्तै तरुणदलको पोखरामा हुने महाधिबेसनमा नेपाली काङ्ग्रेस अर्घाखाँचीका महासमिति सदस्य युवा नेता केसब श्रेष्ठ केन्द्रीय उपाध्यक्षमा चुनाब लड्ने तैयारीमा छन । उनि पार्टीको लामो समय जिल्ला सदस्यमा काम गर्दै बिधार्थि तथा तरुण दलमा काम गरेका अनुभबि नेता हुन उनि पनि चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा छन।
त्यस्तै अर्घाखाँचीबाट युबा जुजारु ब्यबसायी कपिल पोख्रेल चौथो महाधिबेसनमा केन्द्रीय सदस्यमा उमेदबारीको तैयारी गरेका छन। काठमाडौमा समेत ठुलो प्रभाब भएका बिधार्थि राजनिती गरेका पोख्रेल निकै चर्चित र युबा ब्यबसायी जुजारु तरुण नेता हुनि उनि अहिले देश दौडाहामा प्रचारप्रसारमा जुटेका छन । उनले अाफ्नो जित सुनिश्चित भएको दाबीसमेत गर्दै अाएका छन । 
त्यस्तै केन्द्रीय सदस्यमा महिला नेत्रि सरिता महत चुनाब लड्ने तैयारी छ  । केन्द्रीय सदस्यमा नै मुस्लिमको कोटाबाट चुनाब लड्ने मुस्लिम नेता जम्सेर मियाले तैयारी गरेका छन । 

अन्य समाचारहरु