अर्घाखाँचीका प्रजिअ कटुवालद्वारा अनियमितता ढिलासुस्ती गर्ने जो कहीलाई प्रशासनले छुट नदिने उल्लेख

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले अनियमितता ढिलासुस्ती गर्ने जो कहीलाई पनि प्रशासनले छुट नदिने बताउनु भएको छ। 
रेडियो देउराली अर्घाखाँचीको स्टेशनमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल ।
रेडियो देउराली अर्घाखाँचीको साझा बिचार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कटुवालले जिल्लाको शान्ति सुरक्षा अमन चयन तथा जनताको जिउ-धनको सुरक्षा गर्न प्रशासन पूर्णरुपमा सफल रहेको बताउदै उहाले सार्बजनिक जग्गा अतितक्रमण पूर्णरुपमा नियन्त्रण गर्ने बताउनु भयो ।
प्रजिअ कटुवालले जिल्लामा केहि चुनौति र सम्भावना रहेको बताउदै सबै राजनीतिक दल, सन्चारकर्मी, नागरिक समाजको सहयोग भएमा अाफुले नमुना युक्त काम गर्ने बताउनु भयो । उहाले नरपानीमा रहेको चुनढुङगा समस्यालाई स्थानीय बासिन्दाहरुसँग छलफल गरेर अाफुले उचित निर्णय  गर्ने बताउदै दक्षिण खाँचीमा हुने बन अतितक्रमण रोक्ने तथा चोरी निकासी रोक्ने नयाँ योजना बनाउने बताउनु भयो । कटुवालले सेबा ग्राहिहरुलाई तुरुस्त दुरुस्त सेबा दिनका लागि कार्यालय प्रमुखहरुलाई अाफुले निर्देशन दिएको बताउदै जनताको काम छिटो छरितो गर्नका लागि कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भयो ।
जिल्लाको अख्तियार प्रमुख समेत रहनु भएका प्रजिअ कटुवालले बजार अनुगमन बिकासका कामको अनुगमनलाई तिब्र गतिमा अगाडि बढाएको बताउदै बिकास निर्माणका कामलाई सहज र सरल तरिकाले अगाडि बढाउन अाफुले सहजिकरण गर्ने बताउदै अनियमितता भएको थाहा पाए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।