दोस्रो ठुलो महान पर्व तिहारको चहलपहल सन्धिखर्क लगायत गाउँ-गाउँमा अत्यान्तै बढेयो, जिल्लाभर लक्ष्मीको पूजा गरियो, भैली शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । हिन्दु नेपालीहरुको दोस्रो ठुलो महान पर्व तिहारको चहलपहल सन्धिखर्क लगायत गाउँ-गाउँमा  अत्यान्तै बडेको छ।
तिहारमा बिभिन्न प्रकारका भैलो नाचहरु देखिनुको साथै यस बर्ष बिगतका तिहारमा भन्दा शहर तथा गाउँहरुमा चहल पहल बढेर गएको स्थानीय सर्वसाधारणले बताउने गरेका छन। 
तिहारमा सन्धिखर्कका किराना पसल तथा फलफुल पसलहरुमा ग्राहकहरुको भिडभाड बढेर गएको छ। सदरमुकाम सन्धिखर्कमा तिहारको चहलपहल बढेर गएको छ।बिगतका बर्षहरुमा सुनसान हुने बजार तथा गाउँमा समेत चहलपहल बढेको हो । बिदेश तथा स्वदेसमा बस्ने अधिकाम्स अर्घाखाँचीबासी तिहार मान्न गाउ फर्किएका छन। 
बजारमा अाईतबार देखि भैलीनाच सुरु भएका छन । बिधार्थि तथा केटाकेटी देखि पाका मान्छेहरु समेत भैलोमा सहभागी भएका छन । यसबर्ष पनि नेकपा एमाले सन्धिखर्क नगर कमिटिले बिषेश भैलो बजारमा ल्याएको र अन्य गाउँ-ठाउँमा एमालेका भैलोहरु निकालिएको प्रेस चौतारिका सचिब अर्जुन भुसालले जानकारी दिए । यस बर्ष अखिल छैटौं जिल्ला कार्यसमिति अर्घाखाँचीले बजारमा भैलो प्रदर्शन गरेको छ भने राष्ट्रिय जनमोर्चा ढाकाबाङले यस बर्ष ढाकाबाङमा छ वटा भैलिनाच निकालिएको र अन्य गाउँमा समेत भैलो निकालिएको प्रगतिशील पत्रकार संघका जितेन्द्र खत्रीले जानकारी दिनु भयो । 
यस बर्ष नेपाली काङ्ग्रेस ढाकाबाङले पनि भैलिनाच सुरु गरेको छ ।  तिहारमा बजारमा र गाउँमा भैलाको चहल पहल बढेको छ । 

लक्ष्मीको पूजा एवम तोरन पुजा 

(१ ) 
अर्घाखाँची जिल्लाको खिल्जीमा यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा एवम तोरन पुजा गरिएको छ । तस्बिर: राजिव बेल्बासे  
( २) 
अर्घाखाँची जिल्लाको प्रगतिनगरमा यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा एवम तोरन पुजा गरिएको छ । तस्बिर: अर्घाखाँची,डट्कम 
(३ ) 
गाई तिहार: अर्घाखाँची जिल्लाको बल्कोटमा ९ वर्ष देखि निरन्तर दुध दिदै आएको गाई। यस गाईले अहिले पनि दैनिक २ लिटर दुध दिदै आएको छ । यस्तै  कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । तस्बिर: केशब पन्थी, अर्घाखाँचीडट्कम, २०७३ कार्तिक १४