नेपाल पत्रकार महासंघ अर्घाखाँचीको तिहार शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न, बर्तमान सरकारले स्थानीय निर्वाचन गर्न नसक्ने थापा दावी

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार  बिभागका उपप्रमुख सुर्य थापाले बर्तमान अबस्थामा सरकारले स्थानीय तहको निर्वाचन गर्न नसक्ने बताउनु भएको छ। 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले अायोजना गरेको शुभकामना अादान प्रदान कार्यक्रममा मतब्य राख्दै एमाले नेता थापाले सरकार अहिले कछुवाको गतिमा अगाडि बढन खोजेको बताउनु भयो । उहाले पत्रकारहरुले मुलुका ठुला परिबर्तनमा ठुलो योगदान गरेको बताउनु भयो । उहाले अख्तियार प्रमुख लोकमान सिह कार्कीको ससदमा दर्ता भएको महाअभियोग बहुमतले पारित हुने बताउन भयो । थापाले सबै दलहरु एकजुट नभए सम्बिधान कार्यनयन हुन नसक्ने बताउदै एमाले प्रतिपक्षमा बसेर रचनात्मक भुमिका खेल्ने बताउनु भयो । थापाले एमाले सरकारले जनताको मन छुने खालका योजना अगाडि बढाउदा बिदेसीको चलखेलमा केपि शर्मा अोली सरकार ढलेको जिकिर गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लामा ढिलासुस्ती अनियमितता हुन नदिने बताउनु भयो । उहाले सबैको सहयोग भएमा जिल्लामा अाफुले रचनात्मक काम गर्ने बताउनु भयो । 
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले सहमति सहकार्य एकताबाट दलहरु अगाडि बढनु पर्नेमा जोड दिनु भयो । उहाले अर्घाखाँचीको बिकास निर्माणमा दलहरु एक जुट भएर अगाडि बढेको बताउनु भयो । 
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण अाचार्यले अाफु लामो समय सम्म जिल्लामा बसेर राजनीति गर्दा अर्घाखाँची जिल्लाको बिकास निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउदै  सहमति सहकार्य एकताबाट जिल्लाको बिकासलाई अगाडि बढाउने बताउनु भयो । कार्यक्रममा नेकपा माअोबादीका जिल्ला सयोजक ठाकुर कुमार बिकले जिल्लाले बिकास निर्माणमा फड्को मारेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नका लागि प्रहरी लागि परेको बताउदै जिल्लामा हुने जुवातासको अन्तय गर्ने बताउदै प्रहरीलाई सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका उपसचिब युवा नेता प्रेमनारायण गैरे उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ महासचिब नेत्र प्रसाद भुसाल अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, नेकपा एमालेका जिल्ला प्रचार बिभाग प्रमुख भोजबहादुर गन्धर्व, एमाले संगठन बिभागका प्रमुख पिताम्बर भुसाल, जिल्ला सदस्य तिलक मिश्र, अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रदिप नेपाली, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, प्रेस चौतारीका जिल्ला सचिब अर्जुन भुसाल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष गणेस खनाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष बिनोद गैरे, पत्रकार हरि भुसाल, सरिता भुसाल, नबिन केसी, रुद्र मणि भुसाल लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता सचिब प्रेमनारायण आचार्यको सन्चालन उपाध्यक्ष हिमबहादुर जिसीको स्वागत मनत्ब्यमा सम्पन्न भएको हो।