ढिकुराका जनताहरुद्वारा स्थानीय तह पुनर्संरचना बैज्ञानिक बनाउन नसकेको भन्दै अान्दोलनमा उत्रने तैयारी

ढिकुरा गाबिसको गहुँचोर मुनिबाट आज यम पञ्चकको चौथो दिन गोवर्धन पूजाको दिन दिउसो लिएको ढिकुरा गाबिस र सो आसपासको दृश्य ।  

सुर्य भुसाल 
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्लामा स्थानीय तह पुनर्संरचना निर्माण गर्दा दलहरुले बैज्ञानिक बनाउन नसकेको ढिकुरा धनचौरका स्थानीय बासीले अारोप लगाएका छन । 
जिल्ला स्थित राजनीतिक दलहरुको बैठकले जिल्लामा तिन वटा नगरपालिका तिन वटा गाउँपालिका बनाउने सहमति गरेपछि दलको निर्णय बिरुद्ध ढिकुराबासी जनता भने अान्दोलनमा उत्रने तैयारी गरेका हुन । दलहरुबिच धनचौर ढिकुरा नुवाकोट खिल्जी, असुरकोट, धारापानी, ढाकावाङलाई समेटेर भुमिका स्थान नगरपालिका बनाउने सहमति दलहरुले गरेका छन।
त्यस्तै ठाडा, जुकेना, सिद्दारा, जलुके, सिमलपानी, सितापुर, सुवर्णखाललाई समेटेर सितागंगा नगरपालिका तथा सन्धिखर्क नगरपालिका भईसकेकोले दुई बटा नयाँ थप गर्दा जिल्लामा तिन नगरपालिका हुने भएका हुन। बागी खन खनदह हसपुर, गोखुङगा, बल्कोट, केरुङगा, छत्रगन्ज, मरेङ, भगबती, ठुलापोखरा, चिदिका, पाली, पणेना पोखराथोक, धातिबाङ, मैदान, अडगुरी लगायतका गाबिसलाई तिनवटा गाउँपालिका बनाउने दलहरु बिच सहमति भएको छ। 
ढिकुरा गाबिसका जनताले यस अगाडि नै सन्धिखर्क गाबिसमा अाउनका लागि सर्बदलिय निर्णय गरेको र दलहरुले समेत पहिला सहमति जनाएको र अहिले ढिकुरालाई अनयत्रमा लगेको भन्दै ढिकुरा बासीले दलहरुलाई निर्णयमा पुनर्बिचार गरि ढिकुरालाई सन्धिखर्कमा गाभ्न माग गरेका छन। 
अाईतबार ढिकुरामा सर्बदलिय बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली काङ्ग्रेसका नेताहरु सुर्य प्रसाद भुसाल, ज्ञान बहादुर बिक, तारा घिमिरे, राम प्रसाद घिमिरे, नेकपा एमालेका नेता नारायण खनाल, गिरि प्रसाद घिमिरे, देबि पोख्रेल, मोती भट्टराई, माअोबादी केन्द्रका नारायण घिमिरे, राष्ट्रिय जनमोर्चाका नारायण घिमिरे तथा अन्य नेता कार्यकर्ता नागरिक समाजको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
बैठकले कात्तिक १८ गते जिल्ला बिकासमा ज्ञापन पत्र बुझाउने दलहरुलाई ज्ञापनपत्र बुझाउने र अान्दोलनका कार्यक्रम तय गर्ने लगायतका महत्त्वपूर्ण निणय गरेको स्थानिय रुद्र मणि भुसालले जानकारी दिएका छन।