सन्धिखर्क आँपखोलाका एक युवाले लक्ष्मी पूजाको मध्यरातमा झुन्डिएर अात्महत्या गरे

पहिलो प्रकासित मिती: २०७३ कार्त्तिक १५, सोमवार

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । तिहारको बेला अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ आँपखोला निबासी ३० बर्षिय सन्तोष भट्टराईले अात्महत्या गरेका छन। 
लक्ष्मी पूजाको राती घर नजिकै रहेको खेतको छेउमा रहेको बैसको रुखमा डोरीले पासो लगाई अात्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जानकारी दिनु भयो । आफै राती १२ बजेतिर भागेर गाईगोठमा गैइ दाम्लो लगेर आफै आत्महत्या गरेको स्थानियले बताए । उनलाई झुन्डिएको अवस्थामा बिहान मात्र फेला पारीएको थियो । 
उनका एक छोरा र श्रीमति छन । पश्चिम नेपाल् बस ब्यबसायी समितीका कमल भट्टराईको जेठो छोरा  हुन् । 
 
 उनले अात्महत्या गर्नुको कारण नखुलेको प्रहरिले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ ।  प्रहरीका अनुसार अर्घाखाँचीमा अात्महत्याका घटना दिन प्रतिदिन बढदै गएका छन।

यसभन्दा अगाडि माथि प्रकासित समाचारमा अन्यथा भएकोमा सच्चाईएको छ ।
तस्बिरमा मृतक सन्तोष भट्टराई । 

अन्य समाचारहरु