अर्घाखाँचीमा नगरपालिका र गाउँपालिका नबन्दै मेयरको चर्चा सुरुको बन्ला मेयर

बाँयाबाट क्रमश: छबिलाल पौडेल, भिम केसी, पिताम्बर शारु, बसन्त श्रेष्ठ र नारायण सिह बेल्बासे । 

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नगरपालिका र गाउँपालिका घोषणा नहुदै अर्घाखाँचीको दक्षिणी बेल्टमा मेयरको चर्चा सुरु भएको छ । 
जिल्लाको अत्यानतै बिकट भनेर चिनिने दक्षिण खाचिका ७ गाबिस समेटेर सितागंगा  नगरपालिका बनाउनका लागि सर्बदलिय सिफारिस भए लगत्तै मेयरको चर्चा सुरु  भएको हो । 
मेयर लडनका लागि अार्थिक रुपले सम्पन्न ब्यक्तिहरुको बढी चर्चा सुरु भएको हो । नेपाली काङ्ग्रेसबाट पार्टी सचिब छबिलाल पौडेल, महासमिति सदस्य सुर्य प्रसाद अधिकारी तथा  नेपाली काङ्ग्रेसका युबा नेता तथा संगठन बिभाग सदस्य सामाजिक ब्यक्ति नारायण सिह बेल्बासे, नेकपा एमालेका  नेता पिताम्बर शारु, जिल्ला सदस्य बसन्त श्रेष्ठ  मेयरको चुनाब भएमा बलिया र शक्तिशाली काङ्ग्रेस एमालेका उमेदबार हुन सक्ने चर्चा समेत सुरु भएको छ ।  मेयरका लागि अहिलेबाट नै चर्चा सुरु भएको हो।
अब ठेक्का पट्टासगै राजनिति गर्दै अाएका नारायण सिंह बेल्बासे र बसन्त श्रेष्ठ सम्वावित बलिया उमेदवार हुन काङ्ग्रेसबाट छबिलाल पौडेल र सुर्य प्रसाद अधिकारी जिल्ला तहका जल्दाबल्दा नेता हुन उनिहरुलाई उछुनेर नारायण सिंह बेल्बासे मेयरका लागि अगाडि अाउन सक्ने सम्बाबना प्रबल छ । 
स्थानीय निकायको निर्बाचन मसिर भित्र गर्न पर्ने सबैधानिक बाध्यता भएको बेला पुनसंरचना हुदै गर्दा मेयरको चर्चा सुरु भएको हो । 
एमालेमा बसन्त श्रेष्ठको बढि सम्भावना छ पिताम्बर शारु परदेस वा सासदमा गए श्रेष्ठ सितगंगाका निर्बिरोध एमालेका उमेदार हुने सम्बाबना छ । उता नेकपा माअोबादीका नेता भिम केसी पनि माअोबादी केन्द्रबाट सम्बाबित मेयरका उमेदवार हुन । उनि सितगंगा नगरपालिका बने त्यसक्षेत्रमा माअोबादीका बलिया नेता हुन । पुनसंरचनाको भने जिल्लामा अझै टुङगो लागेको छैन ।