सुपादेउरालीको भेटीबाट लाखौको बिकास

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची कात्तिक १७ ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक र एेतिहासिक सुपा देउराली मन्दिरको भेटीबाट लाखौंको बिकास निर्माण भएको छ। 
 
सुपादेउराली मन्दिरमा उठेको भेटिबाट सन्धिखर्क नगरपालिकाको खाचिकोटमा रहेको अादर्श माबिलाई मासिक ४६ हजार रुपैयाँ शिक्षकहरूको तलबका लागि खर्च दिने गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृतम थापाले जानकारी दिनु भयो । बिगतमा अादर्शमा बिमा ५८ हजार दिने गरिएको भएपनि अहिले शिक्षाले लगानी गरेपछि केही रकम घटाईएको मन्दिर ब्यबस्थापन समितिका सचिब यादब घिमिरेले बताउनु भयो ।
त्यस्तै मन्दिरको भेटिबाट नरपानीमा रहेको भगवती प्राबिलाई पहिरो नियन्त्रणका लागि रकम सहयोग गरेको र जनचेतना प्राबिका लामडाँडाका लागि बिधालयको भौतिक निर्माणका लागि रकम सहयोग गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृतम थापाले जानकारी दिनु भयो ।
त्यस्तै सुपादेउराली मन्दिरमा उठेको भेटिबाट सन्धिखर्कमा रहेको सिदेश्वर बृद्दाश्रमका लागि, गुरुकुल शिक्षाका लागि सहयोग स्वरुप बार्षिक १ लाख ३० हजार रुपैया सहयोग गर्दै अाएको मन्दिर ब्यबस्थापन समितिका सचिब यादब घिमिरेले बताउनु भयो । 
दैनिक श्रर्दालु भक्तजनहरुबाट १५ हजार भन्दा बढि उठने मन्दिरको भेटिबाट सुपादेउराली मन्दिरका ४ जना तलबदार कर्मचारी तथा ६ जना दैनिक ज्यालादारी कर्मचारीहरु राखिएको छ। मन्दिर ब्यबस्थापन समितिका सदस्यहरु तथा पदाधिकारीले भने प्रति महिना हुने बैठकबाट २ सय रुपैयाँ भत्ता लिएर निशुल्क सेवा गर्दै अाएका छन । उनिहरु बिहान देखि राति सम्म मन्दिरको काममा खटिने गरेको स्थानीयको भनाइ छ।
त्यस्तै सुपादेउराली मन्दिरमा उठेको भेटिबाट सितापुर गाबिसमा रहेको शान्ति निम्न माध्यमिक बिधालयलाई मासिक शिक्षकहरूका लागि ४२ हजार मासिक सहयोग दिने गरिएको मन्दिर ब्यबस्थापन समितिका सचिब यादब घिमिरेले जानकारी गराउनु भयो । मन्दिरको भेटिबाट सितापुर गाबिसमा ३ वटा छुट्टाछुट्टै बाटो निर्माण गरिएको छ। झन्डै १० किलोमिटर बाटो मन्दिरको भेटिबाट निर्माण गरिएको हो । सुपादेउराली मन्दिरको भेटिबाट सितापुर- ३ झिर्रामा रहेको भगवती मन्दिरलाई पुजा पाठका लागि सहयोग गरिएको छ। सितापुर गाबिसमा नै नेपाल टेलिकमले टाबर निर्माण गर्दा जनश्रमदान बापत मन्दिरको भेटिबाट लगानी गरिएको समितिका सचिब सामाजिक ब्यक्तित्व यादब घिमिरे ले जानकारी दिनु भयो ।
त्यस्तै मन्दिरमा उठेको भेटिबाट खाचिकोटमा रहेको भगवती मन्दिरमा दशै पुजा ब्यस्थापनका लागि ८८  हजार प्रतिबर्ष सहयोग गरिदै अाएको समेत अध्यक्ष पृतम थापाले बताउनु भयो । त्यस्तै मन्दिरमा भक्त जनले चढाएको भेटिबाट खाचिकोटमा रहेको अादर्शमा माबिका बिधार्थिहरु तथा स्थानीय गाउँलेहरुका लागि खानेपानी ४ लाख १८ हजारको लागतमा लिफ्टिङ खानेपानीमा लगानी गरिएको छ। मन्दिरको भेटिबाट अादर्श माबिमा जनश्रमदान बापत ४ कोठा भबनका लागि ३ लाख रुपैयाँ लगानी गरिएको छ। 
मन्दिर ब्यबस्थापन समिका अध्यक्ष पृतम थापाका अनुसार अब एक बर्ष भित्र मन्दिरलाई अझै ब्यबस्थापन गर्ने उदेश्य अनुरुप १ करोड ३३ लाखको लगानिमा सुबिधा सम्पन्न धर्मशाला निर्माणका लागि ईस्टमेट समेत गरिएको र बाहिरबाट अाउने भक्तजनहरुका लागि सस्तो भरपर्दो सुबिधा युक्त बस्ने खाने ब्यस्था गर्न लागिएको र अब काम शुरु गर्न लागिएको समेत सचिब यादब घिमिरेले जानकारी दिनु भयो ।
मन्दिरमा उठेको भेटिको ३ तहको खाता सन्चालन गरिएको छ जसअनुसार मुल समितिको खातामा २५ प्रतिसत रकम जम्मा हुने गर्छ भने अार्थिक ब्यबस्थापन उपसमितिको खातामा ७५ प्रतिसत रकम जम्मा हुने गर्दछ । मन्दिरको भेटिबाट लाखौं रुपैयाँ लगानि हुने गरेपनि समितिका पदाधिकारीले भने अनुगमन गर्ने र प्रत्येक महिना हुने मासिक बैठकमा २०० रुपैया भत्ता लिने र अन्य निशुल्क सेबा गर्ने गरेको सचिब सामाजिक ब्यक्ति यादब घिमिरेले बताउनु भयो ।
ईतिहासमा यति ठुला बिकासका काम गर्ने पहाडी जिल्लाको मन्दिर ब्यबस्थापन समिति हो ।