ढिकुरा गाबिसलाई सन्धिखर्कमा समाबेस गर्न माग गर्दै स्थानिय जनताहरु अान्दोलनमा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसलाई सन्धिखर्कमा समाबेस गर्न माग गर्दै ढिकुराका जनताहरु अान्दोलन उत्रिएका छन । 
ढिकुरा गाबिसलाई जिल्लाको पुर्नसंरचना गर्दा ढिकुरा धनचौर नुवाकोट खिल्जी, असुरकोट, धारापानी, ढाकाबाङलाई समेटेर भुमिका स्थान नगरपालिका बनाउने जिल्ला स्थित राजनीतिक दल तथा प्राबिधिक समितिले सिफारिस गरेको भन्दै ढिकुरा गाबिसका जनता तथा सर्बदलिय काङ्ग्रेस एमाले माअोबादी केन्द्र राष्ट्रिय जनमोर्चा लगायतका ढिकुरामा रहेका दलहरुले समेत हस्ताक्षर गरि दलहरुले गरेको निणय अाफुहरुलाई मान्य नहुने भन्दै स्थानीय बिकास अधिकारी तथा जिल्लामा रहेका राजनीतिक दलहरुलाई समेत ज्ञापनपत्र बुझाउदै अान्दोलनमा उत्रने निर्णय गरेका हुन । 
अान्दोलनमा उत्रिएका ढिकुराबासीहरुको अान्दोलनमा मन्तब्य राख्दै नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेका नेता जनार्दन खनाल, नेकपा माअोबादी केन्द्रका संयोजक ठाकुर कुमार बिक राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल लगायतले सम्बोधन गर्दै ढिकुरालाई सन्धिखर्कमा समाबेस गर्ने कुरामा अाफुहरु सकरात्मक रहेको बताउदै अान्दोलन भन्दा पनि सहमति गरेर अगाडि बढन अाग्रह गर्नु भयो । 
ढिकुराबासी भने अान्दोलनमा उत्रिएका जनताहरुले कुनै पनि हालतमा भुमिका स्थानमा नजाने ढिकुराबासीहरुले माग गरेका थिए।