सिद्धारामा राहात बितरण कार्यक्रम सम्पन्न

नेत्र प्रसाद मरासिनी
अर्घाखाँचीको सिद्धारा गाविसमा एक कार्यक्रमका बिच राहात बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धारा गाविसका २,४,७ र ९ नं. वार्डमा गत बर्षको बिनासकारी महाभुकम्प बाट क्षति भएका परीवार तथा वाढीपहीरो र आगालागी पिडीत घरपरिवारलाइ राहात बितरण गरीएको हो ।
थाहा संञ्चार समुहको आर्थिक सहयोग तथा नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा १२ परिवारलाइ करीब ५०,००० बराबरको सामाग्री बितरण गरीएको छ ।
कार्यक्रममा नेपाली कांगे्रसका पूर्ब सचेतक तथा थाहा सञ्चार समुहका संरक्षक शोभाखर पराजुलीले नेपालमा धेरै एनजीओ,आइएनजीओ सञ्चालनमा रहेको भएतापनी अझै बिकट गाउ बस्तीमा पुग्न नसकेको हुदा  सामाजीक संस्थाहरुले काम गर्दा े प्राथमीकताको आधारमा गर्नुपर्र्नेे बताउनुभयो । 
त्यस्तै हेफर इन्टनेश्नल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नेपाल चेतना केन्द्रले जिल्लामा गरेका सामाजीक कार्यहरु नीकै सरहानीय रहेको बताउनुभयो, साथै उहाले सिद्धारा गाविसमा सञ्चालीत बाख्राबिकास कार्यक्रमले जनताको जीबनस्तर सुधार्न महत्वपुर्ण भुमीका खेलेको हुदा यसलाइ थप प्रभाबकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा थाहा सञ्चार समुहका प्रतिनीधी गोमा नेपालले प्राकृतिक प्रकोप जोसुकैमाथी पनी आइपर्नसक्ने हुदा पीडामा परेकाहरुलाइ सहयोगको हात अगाडी बढाउनु आफुहरुको सानो प्रयास भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका पुर्ब सचेतक शोभाखर पराजुलीको प्रमुख आतीथ्यता,हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मी, थाहा सञ्चार समुहका प्रतिनीधी गोमा नेपालको बिशीष्ट आतीथ्यता, रिपोटर्स क्लब नेपालका जिल्ला अध्यक्ष रामकुमार क्षेत्री,पत्रकार नविन केसी, हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा, इलाका प्रहरी कार्यलय सिद्धाराका इन्चार्ज बाबुराम घिमिरे,नेपाली कांग्रेसका गाउ सभापती हिम्मत पोखे्रल,नेकपा एमालेका प्रतिनीधी बिष्णु पौडेल,माओबादी केन्द्रका प्रतिनीधी, राजमो प्रतिनीधी सुबर्ण थापा,समाजसेबी भिम बहादुर बेल्बासे
लगायतको आतीथ्यता रहेको थीयो ।
कार्यक्रमको सञ्चालन परीयोजना संयोजक नेत्र मरासीनीले गर्नुभएको थीयो भने नेपाल चेतना केन्द्रका अध्यक्ष तथा नेत्री नीर्मला क्षेत्रीको सभापतीत्व रहेको थीयो । कार्यक्रमको समापन गर्ने क्रममा नेत्री क्षेत्रीले बिकासको हिसाबले नीकै पछाडी परेको यस गाविसमा आइ आफुहरुले काम गर्न पाउदा  थप हौसला बढेकोले आगामी दीनहरुमा पनी यस्ता समाज परीबर्तन र विकास निर्माका कामहरुमा समेत आफ्नो सक्रिय भुमिका रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थीयो ।