सन्धिखर्कमा काँग्रेस पुर्व सचेतक पराजुलीको पत्रकार सम्मेलन, संविधान संशोधन गरि मधेस समस्या समधान गर्न सबै दल एकजुट हुनुपर्ने भनाई

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेस  संसददीय दलका पुर्ब मुख्य  सचेतक शोभाखर पराजुलीले संविधान संशोधन गरि मधेसको समस्या समधान गर्नका लागि सबै दलहरु एकजुट हुनु पर्ने बताउनु भएको छ। 
रिपोर्टस क्लब अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काङ्ग्रेस नेता समेत रहनु भएका पराजुलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल र भारतबिचको समन्ध सुमधुर हुनेमा नेपाली जनता अाशाबादी रहेको बताउनु भयो । उहाले बिगतमा दलहरु बिचको समजदारीमा कर्मचारीलाई मुलकको कार्यकारी बनाउनु र लोकमान सिंह कार्कीलाई नियुक्ति गर्नु नै दलहरुले दुईपटक गल्ति गरेको बताउनु भयो ।
पराजुलिले लोकमान सिंहलाई नियुक्ति गर्दा अाफुले बिरोध गरेको बताउदै माअोबादी र एमाले मिलेर लोकमान सिंहलाई माहाअभियोग लगाउनु सङकास्पद रहेको बताउनु भयो । उहाले माअोबादी केन्द्रले अहिलेपनि केन्द्रमा दोहोरो रोल खेलको बताउदै सरकारका मन्त्रीले नै हस्ताक्षर गर्दा प्रधानमन्त्रीले अाफुलाई जानकारी छैन भन्नु लजास्पद अभिब्यति भएको बताउनु भयो ।
पराजुलीले अहिलेको अबस्थामा लोकमाले ठुला दलहरुलाई मुद्दा चलाउने डरले सिफारिस गरेका दलहरुले नै महाअभियोग प्रस्ताव दर्ता गरेको दावी गर्नु भयो । मुलुकमा यतिबेला बिधिको शासन नभएको बताउदै कार्कीको महाअभियोग प्रस्ताव भने संसदबाट पारित हुनु पर्ने बताउनु भयो । उहाले जनतालाई भ्रममा पार्ने गरि दलहरुले काम गर्न नहुने बताउदै भष्टचार गर्ने जो कहिलाई पनि छुट दिन नहुने बताउनु भयो ।
पराजुलीले संगठन निर्माणका लागि काङ्ग्रेस गाउँ गाउँमा हिडेको बताउदै काङ्ग्रेस भित्रको गुटबन्दी अन्तय गर्नका लागि सबै कार्यकर्ताहरुले दबाब दिनु भयो ।
कार्यक्रम रिपोर्टस क्लब अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता सचिब गणेस खनालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि भुसाललाई सम्मान गरिएको थियो