अर्घाखाँचीमा आन्तरिक पर्यटक बढे

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । तिहारको बिदाको सदुपयोग गरि श्री कुसुमाकर माबि, करापटार ६ लमजुङका शिक्षक शिक्षिकाको टोली २ दिने अर्घाखाँचीका विभिन्न धार्मिक,एतिहासिक,  पुरातात्त्विक र पर्यटकिय स्थानहरुको अबलोकन भ्रमणको निम्ति आज अर्घाखाँची आएको छ ।
सो बिधालयका प्रधानाध्यापक धुर्बराज घिमिरेको अगुवाइमा शिक्षक कर्मचारीको टोली अर्घाखाँची जिल्लामा आएको हो । पछिल्लो पटक सामाजिक संजाल तथा संचार माध्यमबाट प्रचार प्रसार गरेको हुनाले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रममा वृद्धि भएको अनुमान गरिएको छ ।
सो अबलोकन टोलीले शिद्देस्वर शिबालय मन्दिर भक्तिटोला, शान्ति बगैचा, चुत्राबेशीका विभिन्न स्थानहरु, सुपादेउराली मन्दिर, डमरु दह ठाडा लगायतका ठाउँहरुको अबलोकन गरिने बताउनुभएको छ ।
सो टोली प्युठानको स्वर्गद्वारी, लुम्बिनी लगायतका स्थानहरुको अबलोकन गरिने अबलोकन टोलीका युबराज घिमिरेले बताउनु भयो ।