अर्घाखाँचीमा सरकारी सबारी साधनहरुको दिन प्रतिदिन दुरुप्रयोग हुँदै

शनिबार सन्धिखर्कमा सरकारी गाडीहरुको चेकजाँच गर्दै । फाइल तस्बिर  

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सरकारी कार्यालयहरुका सबारी साधनहरु दिन प्रतिदिन दुरुपयोग बढेर गएको छ । 
जिल्लामा रहेका सरकारी मोटरसाइकल तथा गाडीहरुको व्यापक दुरुपयोग हुने गरेका हुन। बिकासे कार्यालयका सरकारी सेतो प्लेटका मोटरसाइकल अहिले कुनै पनि सरकारी कार्यालयका ग्यारेजमा मोटरसाइकल देखिदैन । सरकारी कामको प्रयोगमा बाहेक अन्य बिदाको दिन सरकारी गाडि चढन परे जिल्ला प्रशासनको पास लिनुपर्ने सरकारी कानुन छ । तर अर्घाखाँचीमा भने मोटरसाइकल ब्यक्तिले घरायसी काममा प्रयोग गर्ने तथा घरका जान बोकेर हिड्ने गरेको यत्रतत्र देखिन्छ ।
सरकारी गाडि शनिबार बिदाको दिन तथा चाडबाडका बेला  बढिमात्रमा प्रयोग हुने गरेका छन। सन्धिखर्कमा सरकारी मोटरसाइकल तथा स्कुटरहरु तरकारी किन्न तथा दुध लिन जान बढि प्रयोग हुने गरेको देखिन्छ । जिल्लाका सरकारी कार्यालयमा तथा बिकासे कार्यालयमा सरकारी मोटरसाइकल धेरै छन तर ग्यारेजमा गएर हेरे अहिले पनि देखिदैन । 
सबैभन्दा धेरै सरकारी मोटरसाइकल जिल्ला स्वाथ्य कार्यालय अर्घाखाँची तथा जिल्ला बिकास समितिको कार्यालय अर्घाखाँची तथा सालझन्डी ढोरपाटन सडकमा छन । तर ति कार्यालयका सेतो प्लेटका मोटरसाइकल ब्यापक दुरुपयोग हुने गरेका छन । 
यस बिषयमा जिल्लाका अख्तियार प्रमुख प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाले भने अाफु जिल्लामा भरखर सरुवा भएर अाएको र छिटोभन्दा छिटो यस्ता खालका दुरुपयोग रोक्ने बताउनु भयो । उहाले सरकारी सम्पत्ति दुरुपयोग गर्ने कसैलाई छुट नहुने बताउनु भयो ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल हुनुभएका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले सरकारी गाडि दुरुपयोगका बारेमा अाफुसँग कसैले   गुनासो नगरेको र अब ट्राफिक प्रहरीलाई अाफुले निर्देशन गरेर सरकारी गाडि दुरुपयोग हुन नदिने बताउनु भयो । सरकारी गाडि देखेपछि ट्राफिक प्रहरिले लाईसन्स चेकजाँच नगर्दा समेत दुरुपयोग बढेर गएको हो।