सिद्दाराको खयरभट्टीमा बाख्रा वितरण कार्यक्रम सम्पन्न

सिद्दारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिद्दारामा बाख्रा उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ । 
हेफर इन्टेरनेशनल नेपालबाट सन्चालित “भोका लाई एक छाक भोजन होइन जिउने जुक्त्ती सिकाउ” भन्ने मुल नारा उपहार प्रदान कार्यक्रम सिद्दारा – ६ खयरभट्टीमा सम्पन्न भएको हो ।
हेफरको सहयोगमा सम्पन्न कार्यक्रममा  २२ वटा बाख्रा उपहार प्रदान गरिएको थियो । 
सहयोगी संस्था किसानका लागि उन्नत बिउबिजन कार्यक्रम के.यु.बि. के, प्रकाश सचेतना (प्राग), गाबिसको कार्यालय सिद्धारा रहेका थिए । भने आयोजक जन जागरुप स्वावलम्बी समूह सिद्दारा -६ खयरभट्टी रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथी राधा कृष्ण शर्मा, बिशेष अतिथी प्रेम नारायण गैरे, केशब राज बेल्बासे, राधा खनाल, बिष्णु पौडेल, शम्भु आधारभुत बिधालय शिक्षक पदम बहादुर थामी, चक्रमणि बेल्बासे, समाज सेवी तुल बहादुर पल्ली, दिनेश बेल्बासे, प्रेम भुसाल लगायतले आ-आफ्नो मनतब्य राखेका थिए ।
कार्यक्रम बाबुराम आचार्यको सन्चालन र लिलाबती आलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।