अर्घाखाँचीमा आधुनिक शिक्षाबारे प्रकाशित भ्रामक समाचार प्रति ध्यान आकर्षण (भ्रामक समाचार सहित )

उमाकान्त पाण्डे
 
यूएई, दुबई – अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान बारे केहीदिन पहिले सम्प्रेशित भ्रामक समाचार प्रती अभियान्ताहरुले आफ्नो ध्यानआकर्षण भएको जनाएका छन । 
डिसी नेपाल लगायत केही अन्लाईनहरुको गत मंगलबारको अन्लाईन सस्करणमा प्रकाशित ‘अर्घाखाँचीमा आधुनिक शिक्षाको नाममा कमाउने धन्दा’शिर्षकमा प्रकाशित समाचार बारे अभियान्ताहरुले आफ्नो ध्यान आकर्षण भएको बताएका हुन । 
सोही समाचारलाई अर्घाखाँची डट्कम् मा समेत प्रकाशन गर्न अनुरोध गर्दै हरि रोकाको नाम बाट ईमेल आएको थियो । डट्कम् लाई आबश्यक प्रयाप्त विवरण नभएकोले डट्कम् को सम्पादकिय मन्डलमा छलफल गरेर समाचार प्रकाशन नगर्ने निर्णय गरिएको थियो । 
डट्कम् ले ‘अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानको नामबाट कमाउने धन्दा गरिएको प्रमाणित भएका प्रमाण स्रोत जुटाउन आग्रह गरेर सम्बन्धित अभियानमा संलग्न अभियानकर्ताहरु सँग सोधपुछ र आफ्नो स्रोतको प्रयोग गरेर यो समाचार तयार पारेको हो ।
 
अर्घाखाँचीको खन गाविसस्थित कालिका नेरा उच्च मावि १० थान कम्प्युटर प्रदान गरिँदै । तस्बिर : प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
 


अभियानका लागि सम्बन्धित बिधालयका लागि सोही क्षेत्रकै बिधार्थी मार्फत परदेशमा रहेका नागरिक मार्फत सहयोग रकम संकलन गरिदै आईएको छ । ‘यो समुहले अहिले सम्म खाडी मुलुक, भारत, कोरिया लगायतका देशहरुमा आफ्ना प्रतिनिधि मार्फत रकम संकलन गरेको यथार्थ हो , तर हामीले के कती रकम संकलन गर्यौ, र त्यो रकम कुन कुन बिधालयका लागि खर्च भएको छ भन्ने हिसाब पारदर्शी रुपमा राखेका छौ, कसैलाई अभियानका काम र रकम हिनाबिना गरेको लागेमा प्रमाण सहित कानुनी उपचारका लागि अदालती प्रकृयामा आउन अनुरोध गर्दछौ’अभियानका अध्यक्ष युवराज केसीले बहराइन बाट टेलिफोन संपर्कमा अर्घाखाँची डट्कम् लाई बताउनु भयो । उहाका अनुसार अभियानको हिसाब किताब सबै आफु सँग सुरक्षित रहेकोले यस् बारे आम अभियानमा सहयोग गर्ने सबैले चासो राख्न पाउने अधिकार सुरक्षित छ ।  
अध्यक्ष केसीले ‘ब्याक्तिगत मनमुटाबका कारण कसैको चरित्र हत्या गर्नका लागि समाचार सम्प्रेशण भएको हुन सक्ने भन्दै , पीत पत्रकारिता मार्फत आम संचार माध्यम र पत्रकारिताको खिल्ली नउडाउन सम्बन्धित पत्रकारलाई ध्यानआकर्षण गर्दछौ’ भन्नुभयो ।    
आफु अभियानको परीकल्पनाकार भएकै कारण मात्र नभएर अर्घाखाँचीका बिधालयमा आधुनिक शिक्षाका लागि प्राबिधिक सहयोग जुटाउन आफुले परदेशिएका अर्घाखाँची बासीहरुलाई आग्रह गरेको अभियानकर्ता राजु खड्काले बताउनु भयो । अभियानका लागि जबरजस्ती कसै सँग चन्दा नउठाएको र स्वईच्छाले गरेको सहयोगको पूर्ण विवरण सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिदै आएको खड्काको भनाइ छ । अभियानका लागि आफुले अर्काको देशमा जागिरबाट बचेँको समय र बचेँको पैसाको सदुपयोग गरेको खड्काले बताउनु भयो । 
कुनै मिडियामा नाम बेगर र कुनै मिडियामा सोही समाचार हरि रोका मार्फत सम्प्रेशण भएको पाएपनि अर्घाखाँचीकै नाममा बिदेशमा बसेर पत्रकारीता गर्ने वा जिल्लाकै नाममा वेब साइट सन्चालन गरेर आफुहरुलाई मिडियाको मालिक ठान्नेहरुले यसो गरेको हुन सक्ने खड्काको भनाइ छ । यसबारे सोधखोजका लागि सम्बन्धित निकायमा निवेदन दिएको उहाले बताउनु भयो । 
समाचार मार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै खड्काले आफुले यूएईमा , कुन कम्पनीमा कस्तो पेशा गर्छु र आफ्नो काम मार्फत कती तलब पाउछु भन्ने बिषय ब्यात्तिगत भएको भन्दै आफ्नै रकमले दुई चार महिनामा होइन प्रत्येक हप्ता नेपाल आवात जावत गर्दा कसैलाई टाउको दुख्छ भने सम्बन्धित ब्यात्तीले सिटामोल खाए हुन्छ खड्काले भन्नुभयो । आफुले ब्यातिगत फाइदाका लागि अभियानको एक रुपैया पनि हिनाबिना गरेको पाइए समाजले दिने जस्तोसुकै सजाय भोग्न आफु तयार रहेको खड्काले अर्घाखाँची डट्कम् लाई बताउनु भयो । अभियानका लागि आफुले दिनरात भनेर काम गरेको भन्दै बरु अभियानका लागि आफ्नो ब्यात्तिगत लगानी रहेको बताउदै आफ्नो सन्तुस्टीका लागि जस्तो सुकै लगानी गर्न पनि आफु तयार रहेको खड्काले बताउनु भयो । कसैको आग्रह पुर्वाग्रह राखेर आफुले काम नगरेकोले राम्रो कामगर्दा कहीकतै बाट खुट्टातान्ने प्रब्रिती नेपाली समाजमा जिवितै रहेकोले भ्रामक समाचारलाई संचार माध्यममा पहुच भएकाहरुले दुरुपयोग गरेको भन्दै आफुहरुले सन्चालन गरेको अभियानलाई झन थप सम्वेदनशिल , र पारदर्शी तवर बाट सन्चालन गरिने खड्काले बताउनु भयो ।  यदी कसैले आफुले गरेको सहयोग रकम दुरुपयोग भन्ने लागेमा अभियानका प्रतिनिधि मार्फत सो रकम फिर्ता समेत लिन सक्ने उहाको भनाइ छ ।   
अभियानले छनौट गरेका जिल्लाका बिधालयहरुमा सम्बन्धित बिधालयका लागि सम्योजक बनाउने र प्रत्येक देशमा सम्बन्धित बिधालयका लागि प्रतिनिधि बनाएर रकम संकलन गर्दै आएको छ । त्यो रकम अभियानको सम्बन्धित बैक खातामा जम्मा हुने गरेको अभियानका कतार सम्योजक तथा अभियान्ता रामप्रसाद पराजुलीले बताउनु भयो । 
अभियानको लागि सकंलन रकम अभियानकै नाममा कैलाश बिकास बैक लिमिटेड सन्धिखर्क साखाको खाता नम्बर ०२१०००००७००१ मा जम्मा हुने उहाको भनाइ छ । 
अभियानले हाल सम्म डिभर्ना गाविसमा रहेको बिजय उच्च माध्यमिक विद्यालय र खन गाविसमा रहेको कालीका नेरा उच्च माविमा १० थान कम्प्युर हस्तान्तरण गरि सकेको छ ।
बैशाख १५ गते वाङ्लाको जीवनोद्धार उच्च माबिमा सहयोग हस्तान्तरण गरिने छ । त्यस्तै बैशाख १७ गते किरण माध्यमिक बिधालय खनमा सहयोग हस्तान्तरण गरिने भएको छ । जसका लागि स्कुल सम्योजकमा बाबुराम ज्ञावलि,र राजु सेजवालले तथा सहयोग सकंलनका लागि युएइ प्रतिनिधि सम्योजक घनश्याम ज्ञावलिले नेत्रित्व गरिरहनु भएको अभियानले जनाएको छ । र बैशाख २० गते नुवाकोट माध्यमिक बिधालय चिदिचौरमा सहयोगी सामाग्री हस्तान्तरण गर्ने तालिका सार्वजनिक गरिएको छ । 
सो सहयोग हस्तान्तरणका आफ्नो वार्षिक बिदा मिलाएर अभियानकर्ता राजु खड्का यूएईबाट आफ्नो गृह जिल्ला अर्घाखाँची जानु भएको सोही अभियानका साउदीअरबमा रहेका अभियान्ता गिरिराज खनालले बताउनु भयो ।