खिदिममा साक्षात्कार कार्यक्रम, एक बर्ष भित्रमा निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने एमाले सचिव ज्ञवालीको भनाई

घनश्याम पौडेल
खिदिम, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तिन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन । 
अहिलेको परिस्थीतीमा चैतमा स्थानिय निकाएको निर्वाचन नहुने संकेत आएकोले मुलुकमा संविधान कार्यान्वयन हुनेमा ठुलो संकट देखिएको बताएका छन, पछिल्लो समय ३ ठुला राजनीतिक दलहरुमा बढदै गएको तिक्ताले गर्दा राजावादी शक्तीहरु सलवलाउन थालेकोले सचेत हुनुपर्नेमा जोड दिए । 
पछिल्लो समयमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीमाथी लगाईएको महाअभियोगमा  नेपाली कांग्रेसको समेत समर्थन रहने विश्वास गर्दै सचिव ज्ञवालीले महाअभियोगको पक्षमा नउभिए कांग्रेस जनताबाटै बढारिने चेतावनी दिए ।
 रिपोर्टस क्लव नेपाल अर्घाखाँची शाखाले अर्घाखाँचीको खिदिम गाविसमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनको निम्ती एमाले बाधक नहुने बताउदै अहिले सत्ता टिकाउनको लागी राष्ट्र नै कमजोर हुने गरी संविधान संशोधनको चलखेल भएको आरोप लगाए । 
प्रचण्ड नेतृत्वको सरकारले नेपाल र भारत बिचको सम्बन्ध सुमधुर रहेको बताएतापनी भारतले नेपालको संविधानलाई सहर्ष स्वीकार गर्न नर्गनुले नेपाली जनतामा भ्रम श्रृजना गरेको बताए ।
अर्को प्रसङगमा नेता ज्ञवालीले संविधान कार्यान्वयन गरी राष्ट्रीय निकासको निम्ती एमालेले तराईबाट  देशव्यापी जन दवाव दिनेको लागी अभियान सुरु बताए ।