एमाले खिदिमको बृद्दा सम्मान तथा अामसभा सम्पन्न, सरकार कछुवाको गतिमा अगाडि बढेको प्रदिप ज्ञवालीको आरोप

सुर्य भुसाल 
खिदिम, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमालेका केन्द्रीय सचिब प्रदिप ज्ञवालीले सरकार कछुवाको गतिमा अगाडि बढेको बताउनु भएको छ ।
नेकपा एमाले खिदिम गाउँकमिटिले अायोजना गरेको बृद्दा सम्मान तथा अामसभालाई  सम्बोधन गर्दै सचिब ज्ञवालीले मधेसको समस्या समधान गर्नका लागि सरकार अाफै गम्भीर नभएको अारोप लगाउदै २०७४ भित्र स्थानिय तह तथा प्रदेशिक तहको निर्बाचन गर्न नसके सरकारको भबिस्य समाप्त हुने बताउनु भएको छ। उहाले लोकमान सिंह कार्कीलाई लगाईएको महाअभियोग कुनै पनि हालतमा ससदबाट पारित नहुने बताउदै सबै दलहरु एकजुट हुनु पर्ने बताउनु भयो ।
ज्ञवालीले सविधान सम्सोधनका बिषयमा सत्तारूढ दलहरुले अाफुहरु सित कुनै पनि छलफल नगरेको बताउदै स्थानिय निकाय र प्रदेसको चुनाबमा नेकपा एमाले देशभर पहिलो पार्टी बन्ने दावी गर्नु भयो। 
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य नजिर मिया, सासद डा दुमनसिह थापा, एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य लगायतले सम्बोधन गरेको नेता प्रेम गैरेले जानकारी दिनु भयो। गाउँकमिटिका अध्यक्ष सुर्य केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमालेका हजारौं कार्यकर्ता उपस्थित भएका थिए । 
कार्यक्रममा १०० भन्दा बढि बृद्दालाई सम्मान गरिएको थियोे ।

अन्य समाचारहरु