अर्घाखाँचीडट्कम माथि समाचारको बिषय लिएर आक्रमणको प्रयास

समाचारले सुदन खड्का भन्ने व्यक्ति अर्घाखाँचीडट्कम माथि रुष्ट भएका छन् ।  तस्बिर: फेसबूकबाट

अर्घाखाँची डट्कम
अर्घाखाँचीडट्कम माथि जिल्लाको समाचार लेखेको भन्दै आक्रमणको प्रयास भएको छ । 
जिल्ला प्रशासन अर्घाखाँचीमा गई विदेशमा मर्ने सबैलाई शहिद घोषणाको माग गर्ने खड्काले शहिदको अपमान र अर्घाखाँचीको बदनाम गरेको भन्दै व्यापक आलोचना शिर्षकको समाचारलाई लिएर गए राती अर्घाखाँचीडट्कम साईट ह्याक गरिएको हो । मध्यरातमा केही समय अर्घाखाँचीडट्कमको साइट बन्द हुन समेत पुगेको थियो । यस्तै ह्याकरले info@sandhikharka.com / com ईमेल एकाउण्ट , सामाजिक सञ्जाल साइट ट्वीटर, फेसबुक एकाउण्ट समेत ह्याक गर्न प्रयास गरेका छन् ।  डट्कमको साइट दुबई, कतार र भारतबाट ह्याक गर्ने प्रयास गरिएको र ह्याकरले जथाभाबी शब्द, नग्न तस्बिर समेत उप्लोड गरेका थिए ।
यस्तै एक पटक प्रकासित समाचार समेत रातारात डट्कमको पेजबाट हटाइएको छ । समाचार हटाउने काम अर्घाखाँचीडट्कम भित्रका सदस्यले गरेका हुन् वा बाहिरबाट भएको थाहा हुन सकेको छैन । यसको बारेमा अनुसन्धान र सुचना सन्कलन भईरहेको छ ।
समाचार प्रकासित भए लगतै युएई स्थित अर्घाखाँची संपर्क मञ्चका अध्यक्ष राजु खड्का र आफुलाई पत्रकार हुँ भन्ने सुदन खड्काले अर्घाखाँचीडट्कमका सदस्यहरुलाई बारम्बार फोन गरी समाचार हटाउन दबाब र खड्काका समर्थकहरुले समाचार नहटाए जे पनि हुन् सक्छ भनी निरन्तर धम्की दिएका थिए । 
बढी फेसबूकमा सकृय देखिने सुदन खड्काले त ”पत्रकारको बारेमा लेखेको समाचारको बिषयमा कारबाही गर्ने धम्की समेत दिएका छन् । यस फेसबूकमा गरिएको पोस्टको बारेमा प्रकृया अगाडि बढाइएको छ । 
पत्रकारको असन्तुष्टी
अर्घाखाँचीका पत्रकारले पैसा खाई जे जस्तो समाचार पनि लेख्ने गरेको उनिहरुको आरोप छ भन्ने बिषयलाई लिएर जिल्ला भित्र बाहिरका पत्रकारले असन्तुष्टी प्रकट गरेका छन् । पाठकले यो पत्रकारलाई लगाएको नयाँ नौलो आरोप होइेन, डट्कममा नियमित लाग्दै गरेको आरोप हो, जिल्लाका पत्रकार राजनीतिक, व्याक्ति र आर्थिक झुकापमा नभएका होइेनन, स्वतन्त्र पत्रकार भएर उनिहरुले आफ्नो उपस्थिती देखाएका छैनन्, जिल्लाका कुरा त के केन्द्रका रेडियो, टेलिभिजनले समेत विवाह, भजनका लाईभ नै गर्छन् । उता जिल्लाका पत्रकार राजनीतिक र आर्थिक झुकापमा परेर समाचार लेखेको भनी बाम्बार आउने पाठकको आरोपलाई संचारसंस्था भएर पनि अर्घाखाँचीडट्कमले उनिहरुको प्रतिनिधित्व गरी उक्त प्रसंग जोडेको हो । जसले गर्दा निष्पक्ष समाचार लेखुन भन्ने हो । 
समाचारमा सुझाब 
यस्तै विदेशमा ज्यान गुमाउनेहरुलाई पनि शहिद घोषणाको माग भन्ने ज्ञापनपत्रले शहिदहरुको अपमान र जिल्लाको बदनाम भएको भनी आलोचना भएको थियो । उता पत्रकार कमल विष्टको भनाई यस्तो छ: माग गलत छ, शहिदको अपमान हुने खालको छ , देशको लागि लडेका प्रहरी , सेना समेत सम्पुर्णलाई सहिद बन्न सक्दैनन भने ब्यक्तिगत र पारिवारिक आवस्यकता पुर्तिको लागि बिदेश लागेका लाई समेत शहिद घोषणा गर्न माग गर्नु लज्जास्पद छ । घाइतेको उपचार , परिवारलाई राहत, अल्पत्रको सिघ्र उद्दार हुनु पर्छ भन्ने मेरो धारणा छ ! शहीद घोषणाको माग होचुवाको भरमा राखिएको हावादारी माग ।
 
यस्तै अर्घाखाँचीमा आधुनिक शिक्षाका प्रमुख राजु खड्का गत वर्ष अर्घाखाँचीमा आधुनिक शिक्षाको नाममा संकलन गरेको पैसा हिनामिना गरेको भन्दै संचारमाध्यममा समाचारआएपछि विबादमा तानिएका थिए । अर्घाखाँचीमा आधुनिक शिक्षाको लागि गरेको आर्थिक सहयोगले शैक्षिक सामाग्री मात्र सिधा विधालयलाई उपलब्ध गराउनु पर्नेमा एनजीओ र आइएनजीओले जस्तै भव्य औपचारिक कार्यक्रम आयोजना गरेर, प्रचार, खानपिन, गाडी या वा गरी अहिलेसम्म लाखौं खर्च गरेको देखिन्छ । तर कतार दोहाबाट लेखनाथ खनालको भनाई यस्तो छ:  दु:ख पाएर कमाउन आएका नेपालीले गरेको सहयोगको १ पैसा पनि प्रयोग नगरनुस्, १०० रुपैया सहयोग गरे १०० रुपैयाको नै सामाग्री किनेर स्कुललाई दिनुस् सके आफ्नै पकेटबाट १०५ को सामाग्री दिनुस् नसके १०० मा कार्यक्रम आयोजना भनेर ५० रुपैया, ८० रुपैया नहोस् , तर कुनै सरकारी, एनजीओ र आइएनजीओले आधुनिक शिक्षालाई सहयोग गर्छ भने भव्य कार्यक्रम गर्नुस् केही फरक पर्दिन । सामाग्री किनुस् सिदा १,२ जना गएर आफ्नै गाडी भाडाले स्कुलमा लगेर दिनुस् त्यो सबैभन्दा राम्रो, मिडियाले समाचार बनाउन परे स्कुलमा गएर सोध्छन आँफै बनाउन्छ, नभए हामीले यती सहयोग गरेउ भनेर फेसबूकबाट जानकारी गराउनुस्, यो गरे संस्थालाई कसैले केही भन्न सक्दिन र सबैको दिल छुन्छ । दुख गरेर कमाएर सहयोग गरेको पैसाले होइेन, ब्यानर बनाउन परे ब्यानर बनाउने सँग सहयोग माग्न पर्‍यो, गाडी चाइएमा गाडी वाला सँग सहयोग माग्न पर्‍यो नत्र आफ्नै पैसाले जान पर्छ । 
“प्रहरी मेरो साथी” भन्ने अभियानमा प्रशंसा पत्र मात्र
अर्घाखाँची जिल्ला प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले “प्रहरी मेरो साथी” भन्ने अभियानको लागि युएई स्थित अर्घाखाँची संपर्क मञ्चका अध्यक्ष राजु खड्कालाई सामान्य प्रशंसा पत्र मात्र दिएको डट्कमलाई जानकारी गराएका छन् । यो प्रशंसा पत्र जो सुकै ईच्छुक नागरिकलाई पनि दिन सकिने उल्लेख गरेका छन् । 
युएईमा बस्ने व्यक्तिलाई कसरी अर्घाखाँचीका दुर्गम क्षेत्रमा “प्रहरी मेरो साथी” भन्ने जनचेतना अभियानमा संलग्न गराई, जिम्मेवार दिएको र स – सम्मान गरेको भन्ने खबर को बारेमा सो जानकारी गराएका हुन् ।
 अर्घाखाँचीडट्कमको  नयाँ समिती, व्यवस्थापन
अर्घाखाँचीडट्कम सन् २००६ साल देखिको नेपालको पुरानो संचारसंस्था हो । यो संस्था मुनाफारहित संस्था हो । यहाँ सबै प्रतिनिधिले निशुल्क समाचार सामाग्री पठाई सहयोग गर्छन् । पाठकको नियमित माया सुझाव, सल्लाहले चलेको संस्था हो । डट्कम १०, ११ वर्ष देखि अर्घाखाँची जिल्लाको स्रोत भएको छ । यस संस्थामा थुप्रो पत्रकारीतामा नव सिकारुलाई समेत अवसर दिएको छ । 
पछील्लो समाचारलाई लिएर अर्घाखाँचीडट्कम माथि आक्रमण, साईट ह्याक भएको छ । समाचार हटाउन दवाब, धम्की दिएको छ । प्रकासित समाचार रातारात हटाइएको छ । यसमा डट्कमका प्रतिनिधिको हात रहेको छ कि छैन र साईट ह्याक गर्नेको खोजी, अनुसन्धान भईरहेको छ। तसर्थ अर्को नयाँ समिती, व्यवस्थापन नहुन्जेल सम्मको लागि आजको मितीबाट केही प्रतिनिधिलाई दिदै आएको जिम्मेवारबाट हटाइएको छ । 
प्रकासित समाचार यस्तो थियो:-

जिल्ला प्रशासन अर्घाखाँचीमा गई विदेशमा मर्ने सबैलाई शहिद घोषणाको माग गर्ने खड्काले शहिदको अपमान र अर्घाखाँचीको बदनाम गरेको भन्दै व्यापक आलोचना
प्रजिअ कृष्ण बहादुर कटुवाल (विच) र भेट्न एवम खड्कालाई कामको लागि प्रोत्साहन दिने सहायक जिल्ला प्रमुख नारायण खत्री (दाँया )। तस्बिर: फेसबूकबाट 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । कस्तो अचम्म ! हुँदा हुँदै विदेशमा ज्यान गुमाउनेहरुलाई पनि शहिद घोषणाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्रको विषयलाई लिएर देश विदेशमा व्यापक आलोचना भएको छ । विदेशमा ज्यान गुमाउनेहरुलाई पनि शहिद घोषणा गर्ने मागले शहिदको अपमान र अर्घाखाँची जिल्लाको नै बदनाम भएको भन्दै व्यापक आलोचना भएको हो । 
शुक्रबार खाडी मुलुक युएई स्थित अर्घाखाँची संपर्क मञ्चका अध्यक्ष राजु खड्काले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालसँग भेट्ने समय लिई वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका नेपालीहरुलाई पनि शहिद घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको बिषयलाई लिएर ईमेल मार्फत एवम सामाजिक संजालहरुमा आलोचना भएको छ । आलोचना गर्नेमा बढी अर्घाखाँचीबासी रहेका छन् । 
यस्तै शहिदको परिभाषा नबुज्ने व्यक्तिले बुझाएको ज्ञापनपत्र गैरेजिम्मेवार पुर्वक लिएको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको समेत उतिकै आलोचना ईमेल मार्फत एवम सामाजिक संजालहरुमा भएको छ । शहिदको अपमान र अर्घाखाँची जिल्लाको नै बदनाम भएको भन्दै त्यस्ता व्यक्ति, संस्थासँग सजग हुनका साथै कारबाही समेत गर्न उनिहरुले माग गरेका छन् । उनिहरुले पागलपनको संज्ञा दिएका छन् ।
साथै यस्ता व्यक्तिको ज्ञापनपत्र बुझी शहिदहरुको अपमान नगर्न र जिल्लाको बदनाम हुन नदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेका छन् । उता प्रशासनले विदेशमा मर्ने सबैलाई शहिद घोषणा गर्न माग गर&am