स्थानिय तह पुनर्संरचनामा अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरू सहमत, ढिकुरा अान्दोलनमा (सम्पूर्ण विवरण सहित )

Image result for अर्घाखाँची सन्धिखर्क
सन्धिखर्क लगायत । फाइल तस्बिर 

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्लाको स्थानिय तह पुनर्संरचनामा अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरू सहमत भएका छन् । लामो समयदेखि जिल्लामा कति गाउँपालिका र नगरपालिका बन्ने भन्ने विषयमा सहमत हुन नसकेका दलहरूले तीन नगरपालिका र तीन गाउँपालिका बनाउने विषयमा सहमति जनाएका हुन् ।
यसअघि दुई नगरपालिका र चार गाउँपालिका बनाउने विषयमा सहमत भएका दलहरूको प्रस्तावलाई पुर्नसंरचना आयोगले पुनर्विचार गर्न भनेपछि तीन नगरपालिका र तीन गाउँपालिकाको नयाँ प्रताव पठाएका हुन् ।
हाल अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका र ३५ गाविस छन् । डमरुदह र भूमिकास्थान नगरपालिका प्रस्ताव डमरुदह र जिल्लामा क्रियाशील कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासहितका दलले अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका अतिरिक्त जिल्लाको पश्चिमी क्षेत्र समेट्ने गरी डमरुदह नगरपालिकाको प्रस्ताव गरेका छन् ।
 उक्त नगरपालिकामा हालको ठाडा, सिद्धारा, जलुके, जुकेना, सिमलपानी, सुवर्णखाल, सीतापुर गाविस रहने र यसको केन्द्र ठाडाको सानादह भन्ने स्थानमा रहने दलहरूको प्रस्ताव छ । यस्तै, धारापानी, ढाकावाङ, नुवाकोट, खिल्जी, असुरकोट, धनचौर र
ढिकुरालाई समेटेर भूमिकास्थान नगरपालिकाको प्रस्ताव गरेका छन् । जसको केन्द्र प्राविधिक अध्ययनपश्चात् तय गर्ने संयुक्त प्रस्तावमा उल्लेख गरिएको छ ।
हालको पणेना, पोखराथोक, खिदिम, मैदान, धातिवाङ्ग, पटौटी, पाली, अड्गुरी र चिदीकाको मधुलेखलाई समेटेर दुर्गाफाँटमा केन्द्र रहने गरी पाणिनी गाउँपालिकाको प्रस्ताव गरेका छन् ।
हंसपुर, गोखुंगा, बागी, खन, खनदह, मरेङका केही वडा, अर्घातोषका केही वडाहरूलाई मिलाएर मालारानी गाउँपालिका बनाउने र यसको केन्द्र खनदह राख्ने प्रस्ताव गरेका छन् । यस्तै, चिदीका, बल्कोट, केरुंगा, छत्रगन्ज, ठूलापोखरा, भगवती, मरेङगका केही वडा,
अर्घातोषका केही वडालाई समेटेर छत्रेश्वर गाउँपालिकाको प्रस्ताव गरेका छन् ।
हालको पाली गाविसको वलेवाङ क्षेत्रलाई सन्धिखर्क नगरपालिकामा थप गर्ने प्रस्तावमा सहमत भएका छन् । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना आयोगले अर्घाखाँचीमा पहिला अधिकतम ६ भनेको मा हाल ६ देखि आठसम्म स्थानीय सरकार आवश्यक रहेको प्रस्ताव पेस गरेको थियो । 
आयोगले दिएको निर्देशनका अनुसार काम गरेको जिबिस श्रोतको भनाइ छ संरचना बनाउदा भौगोलिक नमिलेको भन्दै ढिकुराका जनताहरु अान्दोलनमा उत्रिएका छन । ढिकुराबासीले कुनै हालतमा भुमिका स्थान नगरपालिकामा नजाने बताउदै अान्दोलन गरेका छन । राजनीतिक दलहरु बिचमा सहमति भएको भनिएपनि राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नोट अफ डिसेन्ट लेखेर अापत्ति जनाएको जनमोर्चाका अध्यक्ष झबिलाल थापाले बताए । जिल्लामा सर्बसहमत पुनसमर्चना गरेको दाबि गर्दै जिल्ला बिकास समितिले राति अाठ तिसबजे पत्रकार सम्मेलन गरेर दलहरुले गरेको निणय सार्बजनिक गरेको छ । 
जिबिसले उज्यालोमा पत्रकार सम्मेलन नगरेर घरमा सुतेका पत्रकारहरुलाई राति खबर गरेर पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा जिल्लाको सरचनाका बनरेमा स्थानिय बिकास अधिकारी लक्ष्मि पान्डे गौतमले जानकारी गराउनु भएको थियोे ।