समाचारमा कमेन्ट गरेको रिसिवीमा अर्घाखाँचीका एक युवालाई फेसबुकमा तस्बिर पोष्ट गर्दै मार्ने धम्की

तस्बिर: फेसबूकबाट 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन अर्घाखाँचीमा गई विदेशमा मर्ने सबैलाई शहिद घोषणाको माग गरेको समाचारमा कमेन्ट गर्ने एक युवालाई सार्वजनिक रुपमा तस्बिर पोष्ट गरी मार्ने धम्की आएको छ ।  
अर्घाखाँची नुवाकोट ३ ताराखसे घर भई हाल साउदी अरबमा रोजगारीमा आएका श्रवण कुमार भुसाल ले  फेसबुकमा पोष्ट गरिएको ”विदेशमा मर्ने सबैलाई शहिद घोषणाको माग” समाचारमा ”चितुवाले खाएकालाई पनि शहिद घोषणा गर्नेकी” भनी लेखेको कमेन्टको रिसिवीले अर्घाखाँची सम्पर्क समिती युएईका अध्यक्ष राजु खड्काले आफ्नो अर्घाखाँची साप्ताहिकको फेसबूक पेजमा बिना अनुमती तस्बिर नै पोष्ट गरी चरित्रहत्या गरेका छन् ।
कमेन्ट गरेको रिसिवीका कारण राजु खड्का र उनका भाई सुदन खड्काले आफुलाई मार्ने समेत धम्की दिएको भुसालले बताएका छन् । आफ्नो पक्षमा कमेन्ट नगर्दा खड्काले अपराधीलाई जस्तो गरी ”यो साथीलाई चिन्नु हुने मित्रहरुले तुरुन्त जानकारी गराउनु अनुरोध गर्दछौ।” भनी सार्वजनिक रुपमा चरित्रहत्या गरेको भुसालले बताए ।  
  
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिर पोस्ट गर्दा आफुले ठुलो अपराध गरेको जस्तो भएको र आफ्न्त, साथीहरुको अगाडि समेत नराम्रो भएको बताए । यसले आफुलाई सार्है दुखित बनाएको र नेपाल फर्कन समेत डर लागेको बताए । खड्काले अहिले उनलाई फेसबूक पेजमा ब्लक गरेका छन् । राजु खड्का भन्ने व्यक्तिलाई आफुले नजिकबाट  नचिनेको उनले बताए । 
भुसालले खड्कालाई चरित्रहत्या गरेको कसुरमा बिद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक कानुन कारबाही गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई डट्कम मार्फत अनुरोध गरेका छन् । यस्तै नेपाली दुताबास मार्फत युएई सरकारलाई समेत अनुरोध गरेका छन् ।
खड्काले बिना अनुमती तस्बिर लिएर आफ्नो अर्घाखाँची वीक्ली न्युज भन्ने फेसबुक पेजमा कार्त्तिक २२ गते शनिबार पोस्ट गरेका थिए ।  बिना अनुमती कसैले आफ्ना तस्बिर चरित्रहत्या गर्ने तवरले पोस्ट गरेको खण्डमा बिद्युतीय कारोबार ऐन अन्तर्गत सजाय हुन्छ ।  
तस्बिर: फेसबूकबाट 

सम्बन्धित समाचार