अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च र अर्घाखाँचीमा आधुनिक शिक्षाद्वारा अर्घाखाँची डटकम् प्रति गरिएको आक्रमण प्रयासको घोर निन्दा

अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चले अर्घाखाँचीडट्कम माथि जिल्लाको समाचार लेखेको भन्दै आक्रमणको प्रयास भएकोमा घोर निन्दा गरेको छ । 
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका महासचिव डिल्लीराज घिमिरेले निकालेको प्रेस विज्ञप्तिमा आक्रमण जस्ता गतिविधीमा संलग्न नहुन, सामान्य घटनालाई अतिरंजित नगर्न, पत्रकारको आचारसंहिता भित्र रही काम गर्न उल्लेख गरिएको छ । 
यस्तै अर्घाखाँचीमा आधुनिक शिक्षा अध्यक्ष युबराज  केसीले निकालेको  प्रेस विज्ञप्ति आधुनिक शिक्षाको बारेमा नकारात्मक भर्म न्युज नफैलाइदिन उल्लेख गरिएको छ । 

अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चको  प्रेस विज्ञप्ति यस्तो छ: 


प्रेस विज्ञप्ति : 

अर्घाखाँची सम्पर्क समिती युएईका अध्यक्षले वैदेशिक रोज़गारको क्रममा विदेशमै मृत्यु हुनेहरुलाई शहीद घोषणा गर्न भनी जिल्ला प्रशासन कार्यालयमा दिईएको विज्ञाप्ति समय र परिस्थितिनुकुल नभएको हुदा यो कुनैपनी संस्थासँग जोडेर हेर्नु सरासर ग़लत हो । कुनै व्याक्तीले आफ्नो व्याक्तिले आफ्नो व्याक्तीगत  प्रचारकोलागी दिईएको पत्रको कारण आज जिल्लावाँसी मात्र नभई देशको नै ईज्जतमै केही असर गरेको कारण यस विषयमा पुनर्विचार गरी पत्र फिर्ता लिई आम माफि माग्न सम्वन्धित व्याक्तीलाई आग्रह गर्द्छु । 

यस विषयलाई लिएर अर्घाखाँची डटकम् प्रति गरिएको आक्रमणको प्रयासको घोर निन्दा गर्दै यस्ता गतिविधीमा संलग्न नहुन, सामान्य घटनालाई अतिरंजित नगर्न, पत्रकारको आचारसंहिता भित्र रही काम गर्न, संयमित र सकरात्मक हुन विश्वभर रहने अर्घाखाँचीबासीहरुमा अपील गर्द्छु ।


डिल्लीराज घिमिरे 
महासचिव 
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च 
२०७३ कार्त्तिक २१, आइतवार



यस्तै अर्घाखाँचीमा आधुनिक
 शिक्षा 
अध्यक्ष युबराज
 
 केसी
ले निकालेको 
 
प्रेस विज्ञप्ति: 

                                                                      
                                                                       प्रेस विज्ञप्ति 
अर्घाखाँची जिल्लाका जिल्ला बासी शुभचिन्तक हरु तथा सन्सार भर फैलिएर रहनु भएका सम्पूर्ण बुवा आमा दाजु भाइ दिदिबहिनी हरुमा हामी सबैको साझा सस्था आधुनिक शिक्षा अभियानको बिनम्र अनुरोध जिल्लाको यथार्थ न्युज पुर्याउन सफल रहदै आउनु भएका सम्पुर्ण पत्रकार मित्रहरु तथा शुभचिन्तक हरुमा मेरो विनम्र अनुरोध छ आधुनिक शिक्षाको बारेमा केही सोधपुछ गर्न परे हजुरहरुले संबंधित सस्थाका ब्याक्तिहरुलाइ सोधपुछ गरि यथार्थ विवरण लिन सक्नुहुनेछ होइन भने ब्याक्तिको रिसले आधुनिक शिक्षा लाई नकारात्मक भर्म फैलाइदिने काम नगरिदिन हार्दिक अनुरोध गर्द्छु । 
अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान भनेको सबैको साझा सस्था हो यस्मा हामी देश बिदेशमा बस्ने सम्पूर्ण अर्घाखाँची बासी लगाएयत अन्य जिल्ला तथ देश बिदेशका नागरिकको सरम पसिना बाट अगाडी बडेको शिक्षाको ज्याती फैलाउने हो त्यसैलेसस्थाको नाम लिएर आफ्नो ब्यक्तिगत रिस सस्थाको नामलिएर नपोखिदिनु होला ।  
आधुनिक शिक्षा भनेको एउटा् मन्दिर जस्तो  पबित्र सस्था हो सो सस्थाको बारेमा भर्म न्युज फैलाउने काम कसैले नगरिदिनु होला आज मैले एउटा् ब्याक्तिको रिसिभिले आधुनिक शिक्षा को नाम समेत लिएको न्युज देख्दा अलि दुख लागेर सम्पुर्ण शुभचिन्तक हरु प्रती आधुनिक शिक्षाको बारेमा नकारात्मक भर्म न्युज नफैलाइदिन हार्दिक विनम्र अनुरोध गर्द्छु ।
अर्घाखाँचीमा आधुनिक शिक्षा 
अध्यक्ष युबराज के
सी