सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाको स्थानिय निकायको पुनसंरर्चना गर्दा भौगोलिक रुपमा नमिलेको भन्दै बिरोध जनाएको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमबार पत्रकार सम्मेलन गर्दै ठुला राजनीतिक दल नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माअोबादी केन्द्र र अन्यदलहरुले जबरजस्ती सर्बासत्ताबाद लादन खोजेको अारोप लगाएको छ ।
जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले पत्रकार सम्मेलनमा सघियता मुलुकमा टिक्न नसक्ने र पुनरसर्चना गर्दा राजनैतिक स्वाथ्य पुरा गर्ने उदेश्यले ठुलादलहरु लागेको बताउदै अर्घाखाँचीको भौगोलिक अबस्था कुनै हालतमा नमिलेको भन्दै अाफुहरु अान्दोलनमा जाने समेत केसीले चेताबनी दिनुभयो ।
पत्रकार सम्मेलनमा जनमोर्चाका सचिब गोपाल पौडेलले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ति बितरण गरिएको थियोे । पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका नेताहरु सेर बहादुर बिसि मसालका प्रभक्ता थम्मन केसी पसुपति ढकाल सचिब गोपाल पौडेल पत्रकार महासघका सभापति सोभाखर पन्थि प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल सिअाई जिका अध्यक्ष मुक्ति नाथ भुसाल पत्रकार माहासघका सचिब प्रेमनारायण अाचर्य कोषाध्यक्ष गणेस खनाल पत्रकारहरु सहयोगी बिसि हरि प्रसाद भुसाल नबिन केसी प्रगतिशील पत्रकार संघका अध्यक्ष बिनोद गैरे बसन्त श्रेष्ठ रुद्र भुसाल नेताहरु कबि खनाल कृस्न खनाल सिद्दि भट्टराई गोबिन्द बिसि बुद्धि गैरे पत्रकार सुरज रायमाझी लगायतको उपस्थिति रहेको थियोे ।