सन्धिखर्कमा ज्याला मजदुर पोख्रेलीको मृत्यु

शान्ती बगैचा, सन्धिखर्क । फाइल – फेसबूकबाट  

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बिगत १२ – १३ बर्ष देखि ज्याला मजदुर गर्ने पोख्रेली भन्ने पदम भुजेलको मृत्‍यु भएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दिनभर ज्याला मजदुर गर्ने र राती शान्ति बगैचा भित्र प्रतीक्षालयमा बस्दै आइरहेका थिए । उनी ४,५ महिना देखि गम्भीर बिरामी परेको थिए ।
पहिलो श्रीमतीको निधन पछि दोस्रो विबाह गरेका थिए । उनका ४ जना छोरा छन् । तर उनिहरुको अवस्था थाहा हुन सकेको छैन । 
अहिले उनको शब जिल्ला अस्पताल सन्धिखर्क मै राखिएको छ ।

अन्य समाचारहरु