अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको अक्टाेबर क्रान्तिको सतबार्षिकी कार्यक्रमकाे उद्घाटन ( भिडियो तस्बिर सहित)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । महान अक्टुवर क्रान्तिको झन्डा उचाे राखाै । हजाराै नयाँ क्रान्तिकारीहरु पार्टीमा भर्ना गरौं ।।  भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा महान अक्टुवर क्रान्तिको सतवार्सिक समारोहको उद्घाटन भएको छ ।
सतबार्षिकी कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा लुम्बिनी राप्ती अध्यक्ष बाेम बहादुर खत्री, नेता शेर बहादुर बिसी, मसालका जिल्ला पार्टी प्रवक्ता थम्मन केसी , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले आफ्नो मन्त्यव राखेका थिए ।
लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको थियो । रूसको महान् समाजवादी क्रान्ति सम्पन्न भएको यही २०७३ कार्तिक २२ गते १०० वर्ष हुदै छ ।
 
यस उपलक्ष्यमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिले यहि २०७३ कार्तिक २२ गतेदेखि २०७४ कार्तिक २२ गते १ वर्षसम्म ”अक्टोबर क्रान्तिको झण्डालाई उँचा राख्न नयाँ पीडिबाट हजारौँ क्रान्तिकारीहरूलाई भर्ना गरौँ” भन्ने मूल नाराका साथ अक्टोबर क्रान्तिको शतवार्षिकी देशैभरि विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ ।