सिआईजी अर्घाखाँचीद्धारा सूचना सार्वजनिकिकरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बिगत ढेड बर्ष देखि सूचनाको हकमा कार्यरत सूचना तथा सुशासन अभियान, सिआईजीले हिजो एक कार्यक्रमका विच सूचनाहरु सार्वजनिक गरेको छ । 
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित भेटघाट कार्यक्रमको अवसर पारि सार्वजनिक निकायवाट प्राप्त ७० वटा सूचनाहरु सार्वजनिक गरिएको थियो । गत कार्तिक ६ गते सम्पन्न विशेष साधारण सभावाट निर्वाचित नौ जनाको कार्यसमितिलाई निर्वाचन अधिकृतको भुमिका निर्वाह गर्नु भएका जगन्नाथ भुसाल र कार्यक्रमका प्रमुख अतिथी सप्रजिअ नारायण खत्रिले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
     सिआईजी कार्यसमितिको अध्यक्षमा मुक्तिनाथ भुसाल, उपाध्यक्ष बसन्त बन्जाडे, सचिव राधा नेपाली, सहसचिव नविन के.शि, कोषाध्यक्ष शिव बेल्वासे र सदस्यहरुमा प्रकाश भुसाल, सुमित्रा मुखिया, सरोज पौडेल तथा मेनुका भट्टराई रहेका छन । समपन्न विशेष साधारण सभाको भेलाले शारदा भुसाल झा र बावुराम भुसाललाई मानार्थ सदस्य प्रदान गरेको थियो । 
यसैगरि निर्वाचित कार्यसमिति भेलाले सल्लाहाकारमा कृष्ण प्रसाद श्रेष्ठ, नारायण प्रसाद खनाल, हुमा भुसाल, प्रेम वहादुर खड्का र युवराज पान्डेलाई नियुक्ति गरेको छ । यसैगरि कानुनी सल्लाकारमा जगन्नाथ भुसाल र प्रेस सल्लाहाकारमा जय प्रकाश त्रिपाठी रहनु भएको छ । 
सिआईजीले रमेश चुँदाली र प्रदिप मिक्षलाई आजिवन सदस्यता प्रदान गरि सवैलाई प्रमाण पत्र वितरण गरेको थियो । सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालको सभापतित्व र सचिव राधा नेपालीको सन्चालनमा समपन्न सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, जिविसका कार्यक्रम अधिकृत हरिष चन्द्र भुसाल, चन्दननाथ गणका मेजर डिपि भुसाल, जिप्रकाका प्रहरी नायव निरिक्षक सुजन राज भन्डारी, राजनैतिक दल, कार्यालय प्रमुख तथा सूचना अधिकारी, सन्चारकर्मी लगायतको बाक्लो उपस्थीती रहेको थियो ।
सिआईजीले अगामी मंसिरको पहिलो साता भित्र सिमलपानीको करेचुली र जलुके गाविसको लाहापेमा भब्य कार्यक्रम गर्ने, केहि दिन पश्चात सदरमुकाममा कार्यक्रम राखि सन्धिखर्क नगरपालिका, जिविस, जिल्ला प्राविधिक, सालझन्डी सन्धिखर्क ढोरपाटन सडक लगायतका कार्यालयहरुवाट प्राप्त सूचनाहरु सार्वजनिक गर्ने र केहि दिन भित्र संस्थाको तर्फवाट नयाँ पुस्तक प्रकाशन गर्ने प्रतिबद्धता अध्यक्ष मुक्तिनाथ भुसालले ब्यक्त गर्नु भएको छ ।