ढिकुराको पुर्नसंरचना नमिल्दा जनता आन्दोलित, सन्धिर्खकमा जोडिनु पर्नेमा सामाजिक सन्जाल लगायत देशविदेशबाट व्यापक समर्थन

भुवन के.सी
सन्धिखर्क, अर्घाखाँची, कात्तिक २३, । अर्घाखाँचीको ढिकुरा गाविसका जनता आन्दोलित भएका छन । 
संघिय संरचनाको पूर्नसंरचना गर्दा ढिकुरा गाविसका जनताको जनमत विपरित र असुविधा हुने गरि संरचना गरिएको प्रति घोर आपत्ति जनाउदै स्थानियहरु आन्दोलित भएका हुन । सन्धिखर्क नगरपालिकासगै जोडिएको नमुना गाविसको रुपमा परिचित ढिकुरा गाविस हरेक दृष्टिकोणले सन्धिर्खक नगरपालिकामा राखिनुपर्नेमा स्थानियहरुको माग रहेको छ ।
 स्थानिय निकायहरुको संरचना गर्दा ढिकुरा गाविसलाई सन्धिर्खक नगरपालिकाबाट अलग गराई भुमिकास्थान नगरपालिकामा गाभेको निणर्य जिल्ला विकास समिति अर्घाखाँचीद्धारा आइतबार साझको समयमा पत्रकार सम्मेलन गरि जानकारी गराइए पश्चात जनताहरु झनै आन्दोलित र आक्रमक भएका हुन् । सन्धिर्खक नगरपालिका बन्ने समयमा पनि ढिकुरा गाविसलाई गाभिनु पर्ने चर्चा चलेको थियो तर नरपानीको नर्तनान्चल पर्वत अर्घाका डाडाहरु घोर्लेसी लेकहरुलाई नगरपालिकामा समावेश गर्दा ढिकुरा गाविस जस्तो पर्यटन कृषि तथा अन्य दृष्टिकोणले सुन्दर गाविसलाई बञ्चित गराउनु कत्ति पनि बैज्ञानिक निर्णय नभएको स्थानिय सरोकारवालाहरु बताउँछन । 
प्रस्तावित भुमिकास्थान नगरपालिकामा समावेश नहने विरोध र सन्धिर्खक नगरपालिकामा समावेश हुन पाउनुपर्ने माग राख्दै सोमबार विहानै देखि ढिकुराका गाँउ गाँउबाट बालक देखि बृद्धा सम्मको हजारौको संख्यामा व्यानर झन्डा नारा सहित आक्रोशित जुलुसले सन्धिर्खक बजार परिक्रमा गरि जिविस अर्घाखाँचीको प्राङगणमा गई सभामा परिणत भएको छ । आक्रमक जुलुसलाई सुरक्षाकर्मीले अवरोध पुराउन खोजेतापनि ढिकुराबासीहरु सुरक्षाकर्मीको घेरा तोडेर भित्र घुसेर व्यापक प्रर्दशन र नाराबाजी गरेका छन् । ढिकुराका स्थानिय नेता तथा बुद्धिजिवीहरुले सो सभालाई सम्वोधन गरेका छन्  । 
संघियता आएपछि राज्यको सेवा सुविधा जनताको घर दैलोमा पुराउनु पर्नेमा झनै जनतालाई टाढा गराएको यो निणर्य आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने र आफनो माग सम्वोधन नभएमा कुनै पनि आन्दोलन गर्न पछि नहटने उनीहरुको दावी छ । सोमबार गर्ने भनिएको विरोध तथा प्रर्दशनको ठिक अघिल्लो दिनको साझ एकाएक जिल्ला विकास समितिले पत्रकार सम्मेलन गरि निणर्य सार्वजनिक गरेको खवरले ढिकुराबासीहरु जनचाहना विपरित गरिएको यस्तो निणर्य गर्ने निकाय प्रति पनि शंसंकित छन् ।
 लोकतन्त्रमा जनताको स्थान सवोच्च हुन्छ र जनताको मत अनुरुप संरचना निर्माण गर्न सकेमा नै संघियताको सहि उपयोग हुने र संरचना निमार्णमा जनचाहना समावेश गरिनुपर्नेमा संवन्धित निकायको पनि महत्वपूर्ण भुमिका हुनुपर्ने विचार सहभागिहरुको छ । उता स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले तीन नगरपालिका तीन गाँउपालिकाको संरचना वैज्ञानिक र सवैलाई पायक पर्ने बताएको कुरालाई उधृत गर्दे स्थानिय कृष्ण घिमिरेले जिल्लामा बसेर नेताहरुको कुरा सुनेर र नक्साको आडमाा मात्र नभई विवाद भएको ठाँउको प्रत्यक्ष अवलोकन गर्दा उचित हुने बताउँछन । सदरमुकामबाट पैदल २५ मिनेटको दुरिमा रहेको ढिकुरा गाविसलाई एकाएक भुमिकास्थानमा राखियो जहाँ ढिकुराका जनतालाई पुग्न कैयो किलोमिटर टाढा र उल्टो पर्दछ स्रोतका अनुसार सो स्थानमा नै कार्यालय स्थापनाको लागी पनि नापजाच भइसेकको बताइएको छ ।  झन सेवा सुविधा आगनमा आउलान सुविधा होला भनेको कर्सोमा गए जस्तै भयो उल्टो भयो भन्नुहुन्छ स्थानिय ८३ बर्षिय बृद्धा भिमलाल खनाल । यता यो विषयमा स्थानिय तथा जिल्लास्तरमा क्रियाशिल राजनैतिक दलका नेताहरुलाई पनि जनचाहना अनुरुप भुमिका खेल्न नसकेकोमा शंकाको दृष्टिले हेरिएको छ आफनो निर्वाचन क्षेत्र बलियो पार्ने दाउमा दलहरु लागेको कारण पनि यस्तो हुनुको कारण भएको बताइएको छ ।
उता ढिकुराबासीहरुको मागलाई सर्मथन गर्दे सयौको संख्यामा सामाजिक सन्जाल प्रयोगकर्ताहरुले फेशबुक टवीटर तथा इमेलमा आफनो विचार व्यक्त गरेका छन् । लोकतन्त्रमा जनताको मागलाई सम्वोधन गर्न राजनैतिक दल तथा राज्यका निकायहरुको सक्रिय भुमिका रहनुपर्ने भन्दै ढिकुरालाई तत्काल भुमिकास्थानबाट हटाई सन्धिखर्क नगरपालिकामा गाभिनुपर्ने ढिकुरा तथा अन्य ठाँउबाट विदेशमा विभिन्न देशमा रहेका नेपालीहरुले तश्विर भिडियो र स्टाटसको माध्यमबाट आफनो विचार व्यक्त गरेका छन् ।
अहिले ढिकुरालाई भुमिकास्थान नगरपालिकामा समावेश भएमा त्यो गल्ती पुस्ता पुस्ताले भोग्ने र यो विषयमा निक्रिय भुमिकामा रहेका दल तथा नेताहरुको भविष्य पनि कमजोर हुने बक्ताहरुले बताएका छन् । आफुहरुको माग सम्वोधन नभएसम्म निरन्तर आन्दोलनका कार्यक्रम जारी राखिने र आवश्यक परे भौतिक संर्घष पनि गर्न पछि नहटने सहभागिहरुको दावी छ ।