पालीमा युवा क्लब सामाजिक हितमा उन्मुख

पाली,अर्घाखाँची ।  सामाजिक युवा क्लव पाली बलेवाङ्गले २०७३ सालको तिहारमा आयोजित भहिलो कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा ख़र्च गर्न अदक्ष्य दिपक भुसालले जानकारी दिएका छन । 
“युवाहरुको एकता समाज विकासमा अग्रसरता” भन्ने मुल नाराको साथ स्थापित यस क्लवले सुरुवातको केहि समयमा नै जिल्लामा राम्रो चर्चा पाँउन सफल भएको छ। युवा व्यावसायी तथा पत्रकार दिपक भुसालको विशेष पहलमा स्थापित यस क्लवले समाजमा छरीएर रहेका युवा युवतीहरुलाइ एकिकृत गर्दे समाज विकास एक जुट भएर लाग्ने योजना वनाएको कल्वका एक सदस्यले जानकारी गराएका छन ।
यस पटकको तिहारमा खेलीएको भैली कार्यक्रममा कल्वले एकलाख भन्दा धेरै रक़म संकलन गरेको छ । यस पटकको आम्दानी कल्वले समाजमा अत्यावश्यक हुने भाँडाकुडा वाद्यवाजन लगायत ख़रीद गर्ने योजना भएको क्लवले जनाएको छ । 
तस्वीर :दिपक भुसाल

अन्य समाचारहरु