सन्धिखर्कमा साक्षात्कार कार्यक्रम! दलहरु एकजुट नभए मुलुक गम्भीर दुर्घटनामा पर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाई

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।   राष्ट्रिय प्रजातन्त्र पाटि नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले नेपालका सबै दलहरु एकजुट नभए मुलक गम्भीर दुर्घटनामा फस्ने बताउनु भएको छ।
रिपोर्टस क्लब अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  अध्यक्ष थापाले २०७४ मङसिर सात गतेभित्र स्थानीय प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नभए मुलुकमा सम्बैधानिक सकट उत्पन्न हुने दाबी गर्नु भयो । उहाले ठुलादलहरुको अहमताका कारण मुलुकमा दलिय एकता हुन नसकेको बताउदै थापाले सरकार परिबर्तनमा मात्र नेपालका दलहरु केन्दित भएको बताउदै सत्ता टिकाउनका लागि दलका नेताहरु विदेशी शक्तिहरु सँग सरण पर्ने गरेको अारोप लगाउनु भयो ।
थापाले मधेसको समस्या छिटो भन्दा छिटो समधान गर्न सरकार गम्भीर नदेखिएको बताउदै मधेसका मुद्दामा गम्भीर हुन सरकारलाई अाग्रह गर्नु भयो ।
थापाले कुटनैतिक भेटघाट गर्दा नेपाल लाई अागात हुनेखालका गतिविधि हुन नदिनका लागि सबै सचेत हुनु पर्ने बताउदै निलम्बनमा परेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको ससदमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महाअभियोग लगाउनुको अौचित्यता र गम्भीरता पुष्टि भएपछि मात्र उपयुक्त निणयमा पुग्ने बताउनु भयो । 
थापाले धर्म परिवर्तनका नाममा नेपालको पहिचानलाई समाप्त पार्ने चलखेल बढेको बताउदै हिन्दु राष्ट्रको पहिचान कायम राख्नका लागि अाफुहरु लागि परेको जिकिर गर्नु भयो ।
थापाले अाफुहरु सित बिचार मिल्ने पाटिहरु सित एकता प्रक्रिया अगाडि बढाएको बताउदै राष्टियतालाई जोगाउनका लागि अाफुहरुले ससद देखि सडक सम्म फरक बिचार राखेको बताउनु भयो ।
कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता गणेस खनालको सन्चालनमा सम्पन्न भएको थियोे ।