राप्रपा अर्घाखाँचीको सन्धिखर्कमा हिन्दु जागरण अभियान कार्यक्रम सम्पन्न, आगामी चुनाव अघि नै हिन्दु राष्ट्र घोषणा हुने कमल थापाको दाबी

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची कात्तिक २५ ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले नेपालका सबै दलहरु एकजुट नभए मुलक गम्भीर दुर्घटनामा फस्ने बताउनु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले अायोजना गरेको हिन्दु जागरण अभियानमा  बोल्दै  अध्यक्ष थापाले २०७४ मङसिर सात गतेभित्र स्थानीय प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नभए मुलुकमा सम्बैधानिक सकट उत्पन्न हुने दावी गर्नु भयो । उहाले ठुलादलहरुको अहमताका कारण मुलुकमा दलिय एकताहुन नसकेको बताउदै थापाले सरकार परिबर्तनमा मात्र नेपालका दलहरु केन्दित भएको बताउदै सत्ता टिकाउनका लागि दलका नेताहरु बिदेशी शक्तिहरु सँग सरण पर्ने गरेको अारोप लगाउनु भयो ।
थापाले मधेसको समस्या छिटोभन्दा छिटो समधान गर्न सरकार गम्भीर नदेखिएको बताउदै मधेसका मुद्दामा गम्भीर हुन सरकारलाई अाग्रह गर्नु भयो ।
थापाले कुटनैतिक भेटघाट गर्दा नेपाललाई अागात हुनेखालका गतिविधि हुन नदिनका लागि सबै सचेत हुनु पर्ने बताउदै निलम्बनमा परेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको ससदमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महाअभियोग लगाउनुको अौचित्यता र गम्भीरता पुष्टि भएपछि मात्र उपयुक्त निणयमा पुग्ने बताउनु भयो । 
थापाले धर्म परिवर्तनका नाममा नेपालको पहिचान लाई समाप्त पार्ने चलखेल बढेको बताउदै हिन्दु राष्ट्रको पहिचान कायम राख्नका लागि अाफुहरु लागि परेको जिकिर गर्नु भयो । अध्यक्ष कमल थापाले आगामी चुनाव अघि नै हिन्दु राष्ट्र घोषणा हुने दाबी गरे। 
थापाले अाफुहरु सित बिचार मिल्ने पार्टीहरु सित एकता प्रक्रिया अगाडि बढाएको बताउदै राष्टियतालाई जोगाउनका लागि अाफुहरुले ससद देखि सडक सम्म फरक बिचार राखेको बताउनु भयो । 
कार्यक्रममा राप्रपा नेपालका महामन्त्री डा. धबल शम्सेर राणा केन्द्रीय सदस्य राजाराम बर्तौला गोबिन्द भट्टराई लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम राप्रपा नेपाल अर्घाखाँचीका अध्यक्ष गणेस थापाको अध्यक्षता सोयत ठकुरीको सन्चालनमा सम्पन्न भएको हो।