सन्धिखर्कमा साक्षात्कार कार्यक्रम! नेताहरुको अदुदर्शिताका कारण नेपालमा बैदेशीक हस्तक्षेप बढेको कमल थापाको भनाई

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची कार्तीक २५  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूलादलका नेताहरुको अदुदर्शि निर्णयका कारण नेपाल बैदेशीक शक्तिकेन्द्रको क्रिडास्थल बनेको बताएका छन् । बिहीवार सदरमुकाम सन्धिखर्कमा आयोजित हिन्दुत्व जागरण बृहत जनसभामा मन्तव्य राख्दै उनले सत्तामा जान र सत्ता टिकाउनको लागी बिदेशीको पाउपर्ने प्रवृत्तीका कारण मूलुकको राष्ट्रियता खतरामा पर्दै गएको बताए । 
भारतको प्रत्यक्ष संलग्नतामा २०६२ मंसीरमा माओवादी र दलहरु बीच १२ बँुधे सहमती गरे सँगै नेपालमा बैदेशिक हस्तक्षेप भित्रीएको आरोप लगाउँदै उनले व्यक्तिगत र दलगत स्वार्थको पछि लागेर राष्ट्रियता माथी आँच पु-याउने अधिकार कसैलाई नभएको बताए । संविधान निर्माण पछि राजनैतिक स्थिरता,बलियो प्रजातन्त्र र सम्बृद्ध राष्ट्र बनेको देख्ने नेपाली जनताको चाहना माथी तुसारापात भएको भन्दै उनले देश र जनता प्रति उत्तरदायी भएर काम गर्न ठूलादलका नेताहरु लाई आग्रह गरे । 
मूलुक ठूलादलका १०-१२ जना नेताको सेन्डीकेट बाट चल्नु दुर्भाग्यपूर्ण भएको उनले गुनासो गरे । प्रजातन्त्र आएको २६ बर्षमा २४ सरकार र गणतन्त्र आएको ९ बर्षमा ९ वटा सरकार बन्नु मूलुकको निम्ती दुःखद कुरा भएको बताउँदै उनले राजनैतीक अस्तीरता अन्त्यगरी सम्बृद्ध राष्ट्रनिर्माणको निम्ती आफूहरु प्रतिबद्ध रहेको दावीगरे । 
नयाँ संविधानमा हिन्दुराज्य नराखेर दलहरुले ठूलो गल्ती गरेको भन्दै उनले तत्काल गल्ती सच्चाउँदै संविधान संशोधन मार्फत हिन्दु राज्य राख्नुपर्नेमा जोड दिए । मूलुकमा धर्मनिरपेक्षताको नाममा योजना बद्ध रुपमा धर्मपरीवर्तन गराएर सदीयौ देखी कायम रहेको धार्मिक तथा सामाजिक एकता र सद्भाव खल्बलाउने काम भएको उनको गुनासो थियो ।
कार्यक्रममा मन्तव्य राख्दै,राप्रपा नेपालका महामन्त्री डा.धबल शंसेर राणा ले नेपाली जनताको ईच्छा बिपरीत ९५ प्रतिशत हिन्दु भएको राज्यलाई सिमित नेताहरुले धर्मनिरपेक्ष राज्य बनाएर गद्धारी गरेको आरोप लगाए । जन आन्दोलनको भावना बिपरीत धर्मनिरपेक्ष राज्य बनाईएको भन्दै उनले संविधान शंशोधन मार्फत हिन्दु राज्य कायम गरेरै छाड्ने दावी गरे ।
राप्रपा नेपालका जिल्ला अध्यक्ष गणेश थापाको अध्यक्षता र विद्यार्थी नेता स्वयत ठकुरीको संचालनमा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका नेता डा. हरीहर प्रसाद घिमीरे लगायतका बक्ताहरुले मन्तव्य राख्दै राष्ट्रियता र हिन्दु धर्मको पक्षमा आबाज उठाउँदै सम्बृद्ध राष्ट्रनिर्माणको लागि राप्रपा नेपालको बिकल्प नभएको बताए । कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासीन्दाको उपस्थिती रहेको थियो ।
यसैबीच आजै रिर्पोटस क्लब नेपालले सदरमुकाम सन्धिखर्कमा अध्यक्ष थापा सँग पत्रकार सम्मेलनको आयोजना ग-यो ।