सुपादेउरालीमा भारतीय तीर्थालु भित्रिए (फोटो फिचर)

वीरेन्द्र केसी 
सुपादेउराली, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । वारीपारी अग्ला हरियाली पहाड । तलपटी डरलाग्दो भीर । पहाडको बीचमा सुपादेउराली मन्दिर । मनको इच्छा पुरा हुने धार्मिक विश्वासले टाढाटाढाबाट भक्तजन आउछन् । यतिबेला भारतका विभिन्न ठाउँबाट तीर्थालु आउनेक्रम बढ्दो छ । मन्दिरमा पुजापाठ गरेपछि हिमाल हेर्न खाँचीकोट र नरपानीको डाँडामा जाने गर्छन् । समथर भुभागमा बसेकाहरु यहाँ आउदा आनन्द मान्छन् ।
‘एकवर्षयता भारतीयहरु प्नि आएका छन,’ मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले भने, ‘मन्दिरमा पुजा गरेपछि नरापनी र खाँची लेकमा पुग्छन् । त्यहाँबाट हिमाल हेर्ने र फोटो खिम्ने गर्छन् ।’ प्राकृतिक रुपमा सुन्दर भएकाले मनोरम दृश्यमा रमाउने गर्छन् । तीन दशकदेखि मन्दिरमा पुजा गर्न भत्तजन आइरहेका छन् । पहिले छिटफुट रुपमा भत्तजन भएपछि दस वर्षयता दैनिक दुई-तीनको संख्यामा आउने गरेको उनले बताए । बुधवार र आइतवार गाडी नै रिर्जव गरेर भारतीयहरु आउने गर्छन् । 
सुपादेउराली मन्दिरमा जे माग्यो त्यही पुरा हुने धार्मिक विश्वार रहदै आएकाले वर्षेनी भक्तजनको संख्या बढेको उनले बताए । पछिल्लो पटक भारतीय भत्तजन आएपछि यो मन्दिरले थप चर्चा पाएको छ । ‘पुजापाठ मात्रै होइन धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको छ,’ उनले भने, ‘छिटफुट आउने भारतीयहरु यसपालि गाडी नै रिर्जव गरेर आइरहेका छन् । दैनिक सरदरमा ५०-६० जानको संख्यामा भित्रिएका छन् ।’ मन्दिरमा आउने भेटीले धार्मिक पर्यटकीय स्थलका संरचना बनाउन योजना बनाउन लागेको उनले बताए । 
सन्धिखर्क गोरुसिंगे सडकमै मन्दिर भएकाले गाडीमा आवतजावत गर्नेले पनि दर्शन गर्छन । बाटो छेउमा मन्दिर बनाइयो । गाडीमा हिडने यात्रुले पाँच-दस मिनेट गाडी रोकरै दर्शन गर्न थाले । 
भारतीय पर्यटकले मन्दिरको आकर्षण थपिदैछ,’ समितिका सचिव यादव घिमिरेले भने, यहाँ आएर पुजा गर्ने र भेटी चढाएर फर्कन्छन् ।’ भीड बढी हुँदा मन्दिर भित्र पस्न लाइन बस्नुपर्छ । ‘भारतीय भक्तजनलाई दर्शन गर्न भरसक छिटोछरितो उपाय गरेका छौ,’ उनले भने, ‘टाढाबाट आउनेलाई अप्ठेरो पार्दैनौ ।’ अहिले भारतको सीमावर्ती बढेनी, सुनौली, सहित स्रोतगण, दिल्ली, लखनउ, गोखरपुरबाट दैनिक भक्तजन आउने गरेको उनले बताए । हिन्दुधर्मालम्बीहरुको लागि सुपादेउराली धार्मिक गन्तव्यस्थल बन्न पुगेको छ । ‘धार्मिक विश्वासले नै भारतबाट भक्तालु आएका हुन,’ उनले भने । 
शुरुमा कपिलवस्तुको कृष्णनगरमा नुन लिन आउजाउ गर्दा भित्तामा देवीको नाममा पुजा गर्ने चलन थियो । त्यतिबेला एकजना व्यक्तिले राम्रो जागिर खान पाउ भनेर भाकल गरेर भारत पसेका थिए । केही समयपछि जागिर खाएर फर्कदा मन्दिरमा भाकल नदिइ अर्काे बाटो लुकेर भाग्दा देवीले पहाडको भित्तामा टासेको किम्मदन्ती छ । मन्दिरमाथि पहाडको ढुंगामा लाहुरे टासेको ठाउँ  भनेर हेर्नेको घुइचो हुन्छ । त्यहाँ मान्छेको शरिर जस्तै कालो रंगमा बनावट देखिन्छ । त्यही विश्वासले भक्तजन बढदै गएको उनले बताए । आन्तरिकसँगै भारतबाट पनि भक्तजन आएपछि चहलपहल बढेको छ ।
मनको इच्छा पुरा हुन्छ एक पटकै पुजा गर्न र केही माग्न नेपालको सुपादेउराली जानैपर्छ भन्ने सुनेर आएकी हुँ, ‘भारतको स्रोत गणबाट आएकी रश्मिता मोदीले भनिन, ‘श्रीमान र दुई छोराछोरीसँगै दर्जन गर्न आएका हौ । आनन्द लाग्यो ।’ उनका अनुसार सुपादेउरालीमा आउने धेरै छन् ।