बसन्त श्रेष्ठ ‘छापेली’
शंखेटारी, अर्घाखाँची । अर्घाखाँची जिल्लाभर रहेका राहत शिक्षकहरुको भेला शनिवार श्री भगवती उच्च माध्यमिक विद्यालय कुर शंखेटारी सन्धिखर्कमा सम्पन्न भएको छ ।
भेलाले शिव कुवँरको अध्यक्षमा २५ सदस्सीय राहत शिक्षक जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा उमेश पराजुली, सीता खड्का, इन्द्रमणि भुसाल, सचिवमा मणिराम आचार्य, सहसचिवमा मानबहादुर कुवँर, सारदा रायमाझी, कोषाध्यक्षमा नारायण भुसाल रहनुभएको छ । यस्तै सदस्यहरुमा ऋषि घिमिरे, दिनेश बेल्बासे, बिनोद भट्टराई, शेषकान्त गैरे, रामप्रसाद गौतम लगायतका रहनुुभएको छ ।
भेलाले जिल्लाभर रहेका राहत शिक्षकहरुको हकहितका निम्ती सम्बन्धित पक्षसँग अन्र्तक्रिया गरी पेशागत हक अधिकारको लागि वकालत गर्ने निर्णय गरेको छ ।
कार्यक्रम राहत शिक्षक केन्द्रिय समिति सदस्य कुमार सापकोटाको प्रमुख आथित्यता र बसन्ता खड्काको अध्यक्षतमा सम्पन्न भएको थियो । सिता खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शिव कुवँरले गर्नुभएको थियो ।