कोलम्बियामा फेरि शान्ति सम्झौता

कोलम्बियामा फेरि शान्ति सम्झौता गरिएको छ । कोलम्बियन सरकार र विद्रोही फार्कबीच मुलुकबाट युद्ध अन्त्य गर्न नयाँ सम्झौता गरिएको हो ।
सरकार र विद्रोहीबीच भएको शान्तिसम्झौता ६ हप्ताअघि जनमत संग्रहबाट अस्वीकृत भएपछि यस पटक भने त्यहाँको विपक्षी दलसमेतको सहभागितामा नयाँ शान्ति सम्झौता गरिएको हो । जनमत संग्रहबाट उक्त सम्झौता अस्वीकृत गराउन भूमिका खेल्ने पूर्व राष्ट्रपति अल्भारो यूरिबसमेतलाई साथमा लिएर यसपटकको सम्झौता गरिएको हो ।
योसँगै दुई लाखभन्दा बढी ब्यक्ति मारिएको ५२ वर्ष लामो गृहयुद्धको शान्तिपूर्ण निकास निस्कने विश्वास बढेको छ । यो सम्झौता भने जनमत संग्रहमा नलगी संसदले मात्र पारित गरे हुने प्रावधान पनि राखिएको छ ।
अघिल्लो पटकको सम्झौतामा विद्रोहीलाई बढी स्थान दिइएको भन्दै कोलम्बियाली जनताले गत अक्टोर २ मा गरिएको जनमत संग्रहमार्फत् अस्वीकृत गरिदिएका थिए । यो सम्झौता गराउन पनि क्यूवा र नर्वेले मध्यस्थता गरेका थिए ।
५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेकै कारण राष्ट्रपति जुआन म्यानुअल सान्तोषले नोबेल शान्ति पुरस्कारसमेत पाइसकेका छन् । (एजेन्सी)