जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न, पारदर्शी र बैज्ञानिक तरवले शिक्षकको दरबन्दी मिलान र बिद्यालयहरुको समायोजन हुने

 श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची कार्तिक २९ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला  स्थित क्रियाशिल सञ्चारकर्मीहरु संग जिल्लाको शैक्षिक सबाल लगाएत बिबिध बिषयहरुमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । 
कार्यक्रममा मनतब्य राख्दै जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी  लिलबहादुर राउत क्षेत्रीले पारदर्शी  र बैज्ञानिक तरवले शिक्षकको दरबन्दी मिलान र बिद्यालयहरुको समायोजन गर्ने कुरामा आफु लागी परेको भन्दै निकट भबिस्यमानै यसको कार्यान्वयन हने बताउनु भएको थियो । 
जिल्लामा हालको शैक्षिक अबस्था र आगामी दिनहरुमा शैक्षिक बिकासको क्षेत्रमा के कसरी अगाडी बढ्ने भन्ने बिषयमा धारणा राख्दै क्षेत्रीले यी सबै कामहरु गर्नको लागी सबैको सहयोग र समर्थन को आबस्यकता रहेको बताउनु भएको थियो ।
 जिल्लाको शैक्षिक सूचक तथा आ.ब.२०७३।०७४ को बार्षिक कार्यक्रम को बारेमा समेत जानकारी दिदै क्षेत्रीले राम्रो बिद्यालय हाम्रो बिद्यालय बनाउनको लागी र बिद्यार्थीको समग्र अबस्थालाई सुधार गर्नको लागी एउटा शिक्षक कक्षा कोठाबाट अन्तरआत्मा देखीनै लाग्नु पर्ने कुरामा समेत जोड दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका बिद्यालय निरीक्षक चोपलाल बेल्वासे, नारायणप्रसाद पोख्रेल, माधब बन्जाडे, रमेश पन्थी, ठाकुरकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका शाखा अधिकृत बलराम मिश्रको सन्चालनमा सम्पन्न भएको सहकर्मी श्याम घिमिरेले खबर पठाउनु भएको छ ।