प्रेम आचार्य
अर्घाखाँची २९ कात्तिक । अर्घाखाँचीमा तीन जना कृषकले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन । विश्व खाद्य दिबसको अबसरमा जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले आज एक कार्यक्रमको आयोजना गरि तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको हो ।
पोखराथोकका अच्युत गौतम, धारापानीका भेस बहादुर नेपाली र अडगुरीका तारा प्रसाद न्यौपानेलाई नगद १० हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
स्थानीय विकास अधिकारी लक्ष्मी पाडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल , बरिष्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेलले पुरस्कार वितरण गर्नु भएको थियो ।
तस्बिर: सहयोगी बिसीबाट