सन्धिखर्कमा रक्तिम सांस्कृतिक अभियान अर्घाखाँचीको जिल्ला भेला सम्पन्न

रक्तिम साँस्कृतिक अभियान बाँगी अर्घाखाँचीका कलाकार । तस्बिर: फेसबूकबाट  

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रक्तिम सांस्कृतिक अभियान अर्घाखाँचीको जिल्ला भेला सम्पन्न भएको छ ।  
सो भेलामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सचिब दल बहादुर बिकले मानव जिवनसंग जोडिएको सर्वहारा संस्कृतिनै समाजवादी ब्यवस्था ल्याउने बलियो आधार भएकोले यसको प्रचारलाई ब्यापक बनाउनु पर्नेमा जोड दिनु भएको छ । 
 
कार्तिक २७ गते सम्पन्न भएको रक्तिम सांस्कृतिक अभियान अर्घाखाँचीको जिल्ला भेलाको उद्घाटन गर्दै सचिब बिकले सर्वहारा संस्कृति समाजवादी व्यवस्था प्राप्तीको बलियो हतियार भएकोले यसलाई पुजीवादीहरुले निरन्तर निरुतसाहित गर्ने रणनितिमा लाग्ने बताउँदै सर्वहारा संस्कृतिको रक्षा र विकासको निम्ती सरोकारवालाहरुलाई एक हुन आग्रह गर्नु भएको छ । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको कार्यालय मसालबजारको सभाहलमा शनिबार सम्पन्न भएको भेलाले बिष्णु के.सीको अध्यक्षतामा ७ पूर्ण र ४ बैकल्पिक गरि २० सदस्यिय रक्तिम सांस्कृतिक अभियान जिल्ला कार्य समिति अर्घाखाँचीको गठन गरेको छ । 
नवगठित समितिको उपाध्यक्ष,सचिव,सह-सचिव र कोषाध्यक्षमा क्रमशः मन्जु राना, सत्तिष कुवर, बन्दना बि.क र शारदा नेपाली चयन हुनु भएको छ । 
यस्तै भेलाले जिवन पुन, रेखा पुन, राम बहादुर बि.क र जितेन्द्र खत्री रहेको ४ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरेको छ ।
 
जिवन पुनको अध्यक्षता, सत्तिस कुवरको स्वागत मन्तव्य र बिष्णु के.सीको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चा राप्ती लुम्बिनी क्षेत्रिय उपाध्यक्ष शेर बहादुर बि.सी.,जिल्ला अध्यक्ष झविलाल थापा, ने।क।पा।(मसाल)का जिल्ला प्रवक्ता थम्मन के.सी.अखिल नेपाल युवक संघका केन्द्रिय महासचिब बाबु राम पन्थी, अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.,नेता सिद्धि भट्टराई, अखिल (छैठौं)का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवर, जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतको बिशेष उपस्थिति रहेको थियो ।