पणेनामा नेपाल राष्ट्रिय माविकाे बार्षिक उत्सब सम्पन्न

प्रेम आचार्य
पणेना, अर्घाखाँची ।  नेपाल राष्ट्रिय मावि पणेना अर्घाखाँचीकाे ६१ अाै बार्षिक उत्सब समारोह अाज सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथ जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले शिक्षाको विकासका लागि सबै एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 
विद्यार्थीलाई अाफ्नाे पढाइमा लगनशील भएर र शिक्षकहरू बफादार भएर शिक्षण पेशामा लाग्नु पर्ने बताउनु भयो । विशिष्ट अतिथि स्रोत ब्यक्ति यादब प्रसाद घिमिरे , स्काउट जिल्ला काेषाध्यक्ष राधा अाचार्य, शिक्षा कार्यलयका कृष्णप्रसाद पाेख्रेल, लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियोे । 
कार्यक्रममा कृष्णप्रसाद पाेख्रेल, दामोदर पाेख्रेल, पुनाराम पाैडेल, पिताम्बर घिमिरे चार जना शिक्षकलाई बिदाई तथा सम्मान गरिएकाे शिक्षक पुस्करराज पाेख्रेलले बताउनु भयाे । 
कार्यक्रममा बार्षिक अाय ब्यय बिबरण प्रधनाध्यापक पुस्करराज पाेख्रेलले प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उषा पाेख्रेलकाे अध्यक्षता , शिक्षक माधब प्रसाद घिमिरेकाे सञ्चालन र प्रकाश अाचार्यकाे स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे । बार्षिक परिक्षा तथा अन्य कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे थियो ।