ढोरपाटन सडक र सरोकारवालाको भुमिका बिषयक अन्तरकृया सन्धिखर्कमा सम्पन्न, अर्घाखाँचीको बिकासका लागि सबै दलहरु एकजुट हुनु पर्नेमा पुर्व उपप्रधानमन्त्री रायमाझीको जोड

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा माअोबादी केन्द्रका नेता एबम पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सबै दलहरु एकजुट भएमात्र मधेसका समस्या समधान हुने बताउनु भएको छ। 
रिपोटर्स क्लब अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको सालझन्डी ढोरपाटन सडक ट्रयाक खोल्ने बिषयमा भएको बिबाद बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले सबै दलहरु मिलेर संविधान संशोधन गरेर अगाडि बढनु पर्ने बताउनु भयो ।
उहाले अर्घाखाँचीको बिकासका लागि सबै दलहरु एकजुट हुनु पर्ने बताउनु भयो । उहाले सालझन्डी ढोरपाटनको बिबाद छिट्टै समाधान गर्नुपर्ने बताउदै जिल्लाको बिकास निर्माणका लागि कसैले अबरोध गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरी प्रशासन तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान नेकपा एमालेका सचिब रामबहादुर चौहान नेकपा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द बहादुर खड्का जिल्ला सयोजक ठाकुर कुमार बिक प्रहरी निरिक्षक सुजन राज सिह भन्डारी सालझन्डी ढोरपाटन सडकका योजना प्रमुख सुरेस पौडेल बिषेश नापी प्रमुख साबिर हुसेन मालपोत प्रमुख लोक बहादुर कार्की नयाँ शक्तिका संयोजक खिम बहादुर बिक सघर्ष समितिका अध्यक्ष रामहरि भुसाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम क्लबका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता गणेस खनालको सन्चालन अर्जुन भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।