भोली हुने अर्घाखाँची देउराली यातायात व्यवसायी समितिको अधिवेशनको तयारी पुरा, अध्यक्षमा फेरी खड्काको उमेद्वारी घोषणा

सन्धिखर्कमा पत्रकार भेटघाट कार्यक्रममा । फाइल तस्बिर  

बसन्त श्रेष्ठ छापेली 
सन्धिखर्क, अर्घाखाँची । भोलि हुने देउराली यातायात व्यवसायी समितिको आठौँ साधारण सभा तथा अधिवेशनको सबै तयारी पुरा भएको देउराली यातायात व्यवसायी समितिले जनाएको छ । अधिवेशनको भोलि बिहान पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्ने देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । 

अर्घाखाँची देउराली यातायात व्यवसायी समितिको आठौँ साधारण सभा तथा अधिवेशनको शुक्रवार बिहान पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्ने । अधिवेशन शुक्रवार विहान ११ बजेदेखि समितिको कार्यालय गुन्टीखोलामा सुरु हुने छ ।


      बिहान रेडियो सूर्योदय सँगको बिशेष कुराकानीमा खड्काले अध्यक्षमै फेरी आफ्नो उमेद्वारी रहने बताउनुभयो । आफ्नो दुई कार्यकाल उपलब्धी मुलक भएको सबैले मुल्यांकन गरेको भन्दै खड्काले यस पटक पनि अध्यक्षमै उमेद्वारी रहने बताउनुुभयो । यस्तै बिहिवार भएको पत्रकार सम्मेलनमा समेत खड्काले सहमतिको सक्दो प्रयास गरिएको भन्दै सहमति जुट्न नसकेपछि निर्वाचन प्रकृयाबाट पहिलेकै सहकार्य कायम रहने जानकारी दिनुभयो । दिउसो गरीएको पत्रका सम्मेलनमा वर्तमान अध्यक्ष योगेन्द्रबहादुर खड्काको नेतृत्वमा २० सदस्सीय संयुक्त प्यानलको घोषणा गरिएको हो । 
      बिगतका समयमा जस्तै यस वर्ष पनि बामपन्थी गठबन्धन भएको श्रोतको भनाई छ । खड्का प्यानलमा देउराली नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट यातायात व्यवसायीहरु रहेको छन् भने कांग्रेस निकट यातायात व्यवसायीहरु सहमतिमा नआएको श्रोतको भनाई छ । आज गरिएको पत्रकार सम्मेलनमा  योगेन्द्र खड्काको अध्यक्षतामा संयुक्त प्यानल घोषणा गरिएको हो । उक्त प्यानलको बरिष्ठ उपाध्यक्षमा शीवलाल अधिकारी, उपाध्यक्षमा कृष्ण कुुमार श्रेष्ठ, खगेश्वर बञ्जाडे, महासचिवमा प्रेम प्रकाश पाण्डे, सचिवमा बिष्णुु बहादुर पन्थी, निमबहादुर बस्नेत, सहसचिवमा मानबहादुर बुढा मगर, कोषाध्यक्षमा गोबिन्द प्रसाद बञ्जाडे रहेका छन् । यस्तै सोही प्यानलबाटै सदस्यहरुमा पिताम्बर भुसाल, नारायण रेग्मी, प्रकाश खनाल, कृष्ण प्रसाद बञ्जाडे, बामदेब गौतम, नारायण गैरे, बलाराम भुसाल, रामप्रसाद बञ्जाडे, शीब बहादुर खत्री, शुुबानन्द बञ्जाडे, बशना बस्याल, केशव भुसाल, र देबिराम घर्तीमगर रहेका छन् । 
      कांगेस पक्षका यातायात व्यवसायीले भने हाल सम्म अर्को प्यानलको घोषणा गरेका छैनन् । यस अघिको नवौँ अधिवेशनमा समेत बाम्पन्थी गठबन्धनको संयुक्त, प्यानल बनेको थियो । कांग्रेस निकट यातायात व्यवसायीको छुुट्टै प्यानल बनेको थियो ।